शेयर बजारमा उतारचढाव देखिनु स्वभाविकै हो—निरज गिरी,कार्यकारी निर्देशक ,नेपाल धितोपत्र वोर्ड

maitrinews


पछिल्लो सययमा नेपालको शेयर कारोवारमा उतारचढाव आइरहेको छ । शेयर करोवारमा उतार चढाव देखिनु एउटा स्वाभाविक प्रकृया नै हो । यद्यपी लामो समयसम्म यसरी निरन्तर बजार प्रभावित वन्दा त्यसले लगानीकर्तामा भने नैराश्यताउत्पन्न गराएको समेत पाइन्छ । अहिलेको शेयर बजार, यसको वास्तविकता, बजारले लिने गति र शेयर बजारको शुधारकालागि धितोपत्र वोर्डलेचाल्ने कदम लगायतका बिषयमा केन्द्रितरही हामीले नेपाल धितोपत्र वोर्डका कार्यकारी निर्देशक निरज गिरीसँग गरिएको कुराकानीको संपादित अंश 
शेयर बजारको यतिवेलाको प्रवृत्तिलाई वोर्डले कसरी हेरेको छ ?

नेपाल धितोपत्र वोर्डले शेयर बजारका गतिविधीलाई नजिकवाट नियाल्छ । मुख्यरुपमा बजारमा देखिएका गतिविधीहरुलाई नजिकवाट सियाल्ने र त्यसकालागि समयसापेक्षरुपमा नीतगत सुधारका कदमहरु चाल्ने कार्य हमीले गर्दै आइरहेका छौं । बजार विकासका कार्यक्रमहरुमा हामी लागि रहेका पनि छौं । यतिवेला धितोपत्र बजारमात्र नभई कमोडिटी बजारलाई नियमनगर्ने जिम्मेवारी पनि वोर्डलाई आएको छ । त्यसको ऐन आइसकेको छ । त्यसकालािग आवश्यकपर्ने हामी नियमावली वनाउने कार्यमा पनि अहिलेवोर्ड लागिरेहेको छ ।
ऐन आएपछि त्यस अनुसार नियमावली हामीले वनाउने हो । कमोडिटी बजारमा के कस्ता व्यवसायी हुनुपर्दछ, उनीहरुकालागि के कस्ता मापदण्ड आवश्यक पर्दछ, लाइसेन्स अव कसलाई के आधारमा दिने भन्ने हामी तय गर्दछौं । अहिले सम कसैले लिएको छैन । हामी अहिले कमोडिटी बजार सम्वनधी प्रारम्भिक चरणमा छौं । यसलाई विस्तार विकास गर्दै लैजाने योजना हाम्रो छ ।
अहिले यस क्षेत्रमा काम गरिरहेका कम्पनिहरुपनि छन् । ऐनले ब्यवस्था गरे अनुसार उनीहरुलेपनि तोकिएको प्रकृया पुरा गर्नु पर्दछ । प्रकृया पुरागरेपछि स्वभाविकरुपमा उनीहरुले पनि लाइसेन्स पाउन सक्छन् । तर अहिले नै उनीहरुले नै पाउने भन्ने चाहीँ छैन । यो करार ऐन अनुसार कारोवार हुने हो । करार अनुसार काम गदै जानु पर्दछ । अव लाइसेन्स लिँदा नयाँ ऐन अनुसार नै आउनु पर्दछ । यसमा पुराना ब्यवसायी र नयाँ जो सुकैपनि पर्न सक्दछ । त्यसकालागि ऐनले ब्यवस्था गरेअनुसार आवश्यक प्रकृया पुरागुर्न पहिलो दायित्व हो ।

पुँजी बजारमा लामो समयदेखि निरन्तर गिरावट आइरहेको छ । यसलाई वोर्डले कसरी हेरेको छ ?

अहिले बजारमा शेयरको सप्लाई बढेको देएिको छ । यसअघि बैंक तथा वित्तिय सस्थाले पुँजी वृद्धिगर्नुपर्ने अवस्था थियो । हकप्रद, वोनश आदि तरिकावाट उनीहरुवाट बजारमा शेयर प्रवाह बढ्यो । मर्जर प्रकृयापनि अगाडि बढ्यो । वित्तिय विवरण आउँदा लगानीकर्ताहरुले अपेक्षा गरे अनुसार नआएको भन्ने पनि महशुस भएको छ । अपेक्षा अनुसार प्रतिफल प्राप्त हुँदैनकि भन्ने पनि छ लगानीकर्तामा । नयाँ सरकार कहिले आउँछ, कस्तो आउँछ भने एउटा मानसिकतापनि छ । यस्तै तरलताको समस्यापनि देखिएको छ । बजारमा यसलेपनि बजार घट्नमा बल पु¥याएको देखिन्छ । बजार घट्नुका यिनै विभिन्न कारणहरु जिम्मेवार छन् । हामीकहाँ अनावश्यक हल्लाहरुपनि भैरहन्छन् । यो वा त्यो कारणले बजार घट्यो भनेर हल्ला बढी गरिन्छ ।

अहिले पुँजी बजार खसकनुको मुख्य कारण चाहीँ के देखिएको छ ?

पुँजी बजार भनेको घट्वढ भैनै रहन्छ । यसकोस्वभाव नै यस्तै हो । यो लगानीकर्ताको सेन्टिमेण्टका आधारमा हुने हो । कहिले बजार घट्छ र कहिले बढ्छ भन्न सक्ने अवस्था रहँदैन । पहिला र अहिले बजारको टे«ण्ड नै फरक छ । लगानीकर्ताको अपेक्षा अनुसार कम्पनिहरुले प्रतिफल दिन सकेन भने बजारमा नकारात्मक प्रभाव पर्दछ । फेरी कम्पनिको अवस्था राम्रो भए बजार माथिजान सक्छ ।

बजार सुधारको नीतिगत ब्यवस्था कस्तो छ ?

बैंक तथा वित्तिय सस्थालाई मजवुत बढाउन पुँजी बढाउन आवश्यक छ भनेर वोर्डले पहिले नै भनेको हो । अहिले त्यस अनुसार काम भैरहेको छ । सर्ट टर्ममा कसले कसैलाई अप्ठ्यारो पारेपनि त्यो लङ टर्मकालागि राम्रो हुन्छ । पुँजीबजारवाट समग्रमा लगानीकर्ताले १२ देखि १५ प्रतिशतको हाराहारिमा प्रतिफल पाएको देन्खिछ । तर यो सवैकोहकमा लागु हुँदैन ।

चुनाबी नतिजाले पनि बजारमा प्रभाव पारेको हो ?

पुँजी बजार बजार कुनै बेला बढ्छ, कुनै बेला घट्छ । यो भइरहने एउटा स्वभाविक प्रक्रिया हो । फलानो पार्टीको सरकार बन्ने भएकोले बजार घट्यो भन्ने खालका हल्लाहरु पनि सुनिकएको छ । त्यसमा कुनै सत्यता छैन । किनभने अब जुन पार्टीहरु मिलेर सरकार बनाउँदैछन, ती पार्टीहरुले नेपालमा पहिलो पटक सरकार बनाउन लागेका होइनन् । यसअघि पनि सरकारको नेतृत्व गरेको दल वा दलका नेताकै नेतृत्वमा सरकार बन्ने हो । त्यसैले चुनाबी परिणामको कारण बजार घटेको होइन ।
तर बजार घट्नुमा विभिन्न कारणहरु छन् । जस्तो सेयरको आपूर्ति बढिरहेको छ, त्यसको अनुपातमा माग बढेको छैन । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि भयो । त्यसमा बोनस सेयर र हकप्रदको अंश धेरै छ । यसले पनि आपूर्ति बढाउन सहयोग पुर्यो । अहिले बजारमा तरलता अभावको बिषय पनि आइरहेको छ । बैंकको ब्याजदर बढेको छ । अर्काे कुरा चालु आर्थिक बर्षको पहिलो त्रैयमासको प्रतिबेदन आएको छ । त्यो प्रतिबेदन लगानीकर्ताले अपेक्षा गरेभन्दा नराम्रो भएको उनीहरुको अनुभूति हुन सक्छ । पुँजी बढे अनुसार प्रतिफल पाइदैन कि भन्ने लगानीकर्ताहरुलाई लागेको हुन सक्छ । यस्ता कारणहरुले बजारमा नकारात्मक असर परेको देखिन्छ ।

पुँजी बजारको कारोवारमा हुनेलगानीको छानविनले तिव्रता पाएपछि बजार घट्न थालेको भनिन्छ नि ?

बजार घट्नुका त्यो मुख्य कारण होइन । अहिलेपनि १० लाख भन्दा माथिको कारोवार कसैले गरेको छ भने त्यो जानकारी वोर्डलाई प्राप्त हुन्छ । यसअघि लगानीलाई गहिरोसँग अध्ययन गर्ने कि भन्ने पनि थियो । तर अहिले त्यसो गरिएको छैन । एकथरी लगानीकर्ता हल्ला गरेर बजार बढाउन सकिन्छ कि भन्नेपनि छन् । हामीकहाँ संस्थागत लगानीकर्ता कम छन् । त्यसैले रिटेल इन्भेष्टर बढी हुँदा हल्ला बढि हुन्छ । यसको पछाडि दैडन हुँदैन । नियम कानून अनुसारकरोवार गर्दा कोही डराउनु पर्दैन ।

बजार घट्नुमा नियमनकारी निकायहरुको कमजोरी त छैन ?

नियमकले एउटा नीति ल्याएर त्यसको कार्यान्वयनमा जाने न हो । बजारलाई विभिन्न सेन्टिमेन्टहरुले प्रभाव पारिरहेको हुन्छ । हाम्रो बजारमा अझै पनि संस्थागत लगानीकर्ताहरु छैनन् । खासगरी ‘रिटेल इन्भेष्टर’हरु छन् । रिटेल इन्भेष्टर बढी भएको बजारमा धेरै कुरा बुझेर लगानी गरिएको हुँदैन । पहिलाको तुलनामा ‘अन्डरस्ट्याण्डिङ’को लेबल बढेको छ । तर, पर्याप्त छैन । यस्तो बजारमा आउने विभिन्न प्रकारका हल्लाहरुलाई मान्छेहरुले सत्य हो कि होइन भनेर नबुझिकन कहिले काँही ‘प्यानिक’ हुने अबस्था आउँछ । संचार माध्यमहरुमा पनि लगानीकर्तालाई निरुत्साहित गर्ने प्रकारका समाचारहरु आउँछन् । राम्ररी नवुझीकन नै समाचारलेद्यनेपनि गरिन्छ । नियामककै कमजोरीको कारण बजार घटेको भन्न मिल्दैन ।

बजारको शुधारकालागि के गर्नुपर्ला ?

बजार शुधारका लागि विभिन्न कदम चालनुपर्ने हुन्छ । त्यसमध्ये पहिलो भनेको बजारमा संस्थागत लगानीकर्ता ल्याउनु पर्छ भनेर हामी लागेको धेरै नै समय भयो । हामी एक प्रकारले लागिरहेका हुन्छौं, त्यही बेलामा बजार अर्काे बाटोमा पुगिसकेको पनि हुन सक्छ । फेरि धितोपत्र बोर्डले आइज भनेर संस्थागत लगानीकर्ता आउँने कुरा पनि होइन । कसैले फलानाको सरकार आउदैछ, त्यसैले बजार घट्छ भनेको आधारमा आत्तिने वा कुनै संचार माध्यममा बजार घट्छ भनेर समाचार आउँदैमा हतारिएर बेच्ने गर्नुभएन । यस्तै हल्लाकै भरमा बजार बढ्छ भनेर लगानी पनि गर्नुहुदैन ।
कर्मचारी संचयकोष, नागरिक लगानीकोष जस्ता संस्थागत लगानीकर्ताहरुलाई हामीले झकझक्याउने काम गरिरहेका छौं । त्यो झकझक्याउने काममा हामी अझै त्यति सफल भएनौं भन्नुपर्ने भयो । हामीले हाम्रो पाटोबाट सहजिकरण गरेका कारण केही म्युचुअल फण्डहरु आएका छन् । तर, पनि उनीहरु प्राविधिक रुपमा संस्थागत लगानीकर्ता नै चाही होइन । केही हदसम्मको भूमिका उनीहरुले निर्वाह गरिरहेका छन् । संस्थाहरुलाई नै चाढोभन्दा चाढो बजारमा ल्याउनु पर्छ ।

लगानीकर्ता डराउनै पर्ने अवस्था हो त अहिले ?

त्यस्तो अबस्था छैन । जस्तो कि बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैयमासको प्रतिबेदन अपेक्षाभन्दा नराम्रो आयो होला । तर, त्यसको ‘रिकभर’ अर्काे त्रैयमासमा हुन सक्छ । केही लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर बजारमा लगानी गरेको पनि देखिन्छ । बजार घट्ने वित्तिकै बैंकहरुले मार्जिन कल गर्छन् । अनि त्यसको असर पनि बजारमा देखिन थाल्छ । आफ्नो पुँजी र ऋण दुबै मिलाएर लगानी गरिएको छ भने त्यस्ता लगानीकर्तालाई बजार केही घट्दैमा असर पर्दैन । तर, ऋणबाट मात्र लगानी गर्ने लगानीकर्तालाई बजार घट्दा अझ समस्या पर्छ । यी सबै असर बजारमा देखिन थालेको हो ।

अहिलेको वस्थामा वोर्डले लगानीकर्ताको हितमा के गर्न सक्छ ?

बजारमा विभिन्न हल्लाहरु आउँछन् । त्यस्ता हल्लाको पछि लागेर डिसिजन नगर्नुस् । तथ्य कुराहरु बुझ्नु पर्ने हुन्छ । जस्तो कि नयाँ सरकार बन्दैछ । स्थायी सरकार आउँछ । बजारलाई स्थायित्व दिने प्रकारका केही नीतिगत निर्णयहरु होलान् । यस्ता निर्णयले बजारमा सकारात्मक प्रभाव पार्छ । अहिले नै आत्तिएर फलानाको सरकारले आयो रे, अब यस्तो हुन्छ भन्ने प्रकारका हल्लाको पछाडि लाग्नु हुँदैन । केही नराम्रा समाचारहरु पनि आउँन सक्छन् । त्यस्ता केही नकारात्मक समाचार पढेकै भरमा आत्तिनु भएन । अर्काे त्रैयमासको प्रतिबेदन आउने बेला हुन लाग्यो । त्यो प्रतिबेदन पनि हेर्नुस् भन्ने नै हो हामीले भन्ने कुरा । पहिलो कुरा त अहिले बजारमा जे भइरहेको छ, त्यो पहिरो नै होइन । यसलाई पहिरो हो भन्ने हो यस्तै पहिरो आएर बजार माथि पनि पुर्याउँछ ।
नियामकले नियामकीय सहयोग गर्ने नै हो । हामीले नेप्सेलाई अनलाइन ट्रेडिङ चाढो सुरु गर भनिरहेका छौं । ब्रोकरका शाखालाई देशका विभिन्न स्थानमा कसरी लैजाने भनेर छलफल गरिरहेका छौं । बैंकलाई सहायक कम्पनी खोलेर सेयर खरिद विक्री गर्न पाउने नीतिगत ब्यवस्था हुनुपर्छ भनेर हामीले भनिरहेका पनि छौं । बैंकको विषयमा हामीले मात्रै भनेर भएन । राष्ट्र बैंकको बिषय पनि आउँछ । राष्ट्र बैंकको नीति नियमले पनि त्यसो गर्न दिनु पर्यो । उहाँहरुले अध्ययन गरिरहनु भएको छ । म्युचुअल फण्डहरु आइरहेको छ । हामीले यसलाई बजारलाई स्थायित्व दिन सक्ने फ्याक्टर बन्न सक्छ भनेर अझै पनि प्रमोट गरिरहेका छौं । हामीले आफ्नो तर्फबाट गर्न सक्ने कामहरु गरिरहेका छौं ।
हामीले बजारलाई सुक्ष्म रुपमा हेरिरहेका हुन्छौं । आवश्यकपर्दा के गर्न सक्ने ठाउँ हुन्छ, अध्ययन गरेर सक्ने जति गर्छौं । वास्तबमा भन्ने हो भने बजारलाई बजारकै रुपमा छोड्नु पर्छ । कसैले म्यानुपुलेट गरेर बजार घटाएको छ भने हामीले हस्तक्षेप गरेर त्यसो गर्न नदिने हो । स्वभाविक हो भने नियामकले रोक्न खोजेर पनि रोक्न सकिदैन । काँही नीतिगत समस्या छ भने त्यसलाई जहिले पनि सुधार गर्नुपर्ने हुन्छ ।

बजारमा नयाँ लगानीकर्ताल्याउने प्रयास के भैरहेको छ ?

यस बिषयमा विभिन्न पहलहरु भैरहेका छन् । गैरआवाशीय नेपालीलाई पनि पुँजी बजारमा भित्र्याउन हामीले अध्ययन गरेका थियौं । बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि ऐन आउने भन्ने कुरा आएपछि त्यसमा भएका ब्यवस्थाको कारण हामीले धेरै पहल गर्नु नपर्ने भन्ने कुरा आयो । तर, ऐन केही ढिला हुने जस्तो देखिएको छ । हामी अहिले गैरआवाशीय नेपालीलाई पुँजी बजारमा ल्याउनको लागि गर्नुपर्ने कामका सन्दर्भमा थप पहल गर्न लागेका छौं ।
यस्तै नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिसँग छलफल गर्यौं । हामीले रियल सेक्टरलाई पुँजी बजारमा आउने बाटो खोल्यौं । तर, उहाँहरु आइरहनु भएको छैन । महासंघका प्रतिनिधिले हामीसँग भन्नुभए अनुसार निजी क्षेत्रको विभिन्न फोरमहरुमा रियल सेक्टरका कम्पनीहरुलाई पुँजी बजारमा ल्याउन छलफलहरु भइरहेको छ । त्यस बाहेक बजारको पहुँच बढाउने बिषयमापनि पहल भैरहेका छन् ।

अहिले लगानीकर्ता आत्तिनु पर्ने अवस्था नै आएको हो त ?

बजारलाई वुझ्ने आ आफ्नै तरिका हुन्छ । सुजवुझपूर्ण तरिकाले शेयरकिन्नुपर्ने हुन्छ । सामान्इ उतार चढाव देखिँदैमा आत्तिने र मात्तिने गर्नु हुादेन, किनको शेयरबजारको स्वभावनै घटबढ् भैरहने किसिमको हुन्छ । विगतमा नेप्से परिसुचक २९२ बिन्दुमा पुगेको पनि हामीले देखेकै हो । त्यही बिन्दुबाट उठेर बजार १८ सयभन्दा माथिल्लो बिन्दुमा पुगेको पनि हामीले नै देखेको हो । कुनै बेला बजार घट्छ, केही समयपछि फेरि बढ्छ । त्यसैले हल्लाको पछाडि लाग्ने होइन । आफूले बुझेर लगानी गर्दा फाइदा हुन्छ भने गर्ने र बेच्दा फाइदा हुन्छ भने बेच्ने हो । कसैले फलानाको सरकार आउदैछ, त्यसैले बजार घट्छ भनेको आधारमा आत्तिने वा कुनै संचार माध्यममा बजार घट्छ भनेर समाचार आउँदैमा हतारिएर बेच्ने गर्नुभएन । यस्तै हल्लाकै भरमा बजार बढ्छ भनेर लगानी पनि गर्नुहुदैन । पहिला आफूले बुझ्नुस् अनि निर्णय गर्नुस् भन्ने मेरो सुझाव छ ।

नयाँ स्टक एक्स्चेञ्ज खोल्ने कुरो के भयो ?

यसमा धिथोपत्र वोर्डवाट अर्को एएटा स्कट एक्सचेञ्ज खोल्न ठीक छ भन्ने शैद्धान्तिक सहमति भएको हो । हामीले यो कुरा अर्थ मनत्रलायमा लेखि पठाएका छौं । उसले यस बिषयमा आफ्नो राय दिएपछि यो प्रकृया अगाडि बढ्दछ । हामीले आफैं यो प्रकृया अगाडि बढाउन सक्ने कानुनी र नीतिगत ब्यवस्था रहेको भएपनि भएपनि वोर्ड भन्दा माथिल्लो निकायसँगै परामर्श गरेर निर्णय लिने उदेश्यले हमीले अर्थ मन्त्रालयमा यो लेखिपठाएका हौं । नयाँ खोल्ने भन्दैमा अहिलेकै अवस्थामा अर्को खोल्न चाँही हुँदैन । यसलाई ब्यवस्थित र प्रभावकारी वनाउनु पर्दछ ।