पक्राउ गरिएका डा. केसीलाई बयानका लागि अदालत पेश

maitrinews

काठमाडौँ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा। गोविन्द केसीलाई अदालतले पक्राउ गर्न आदेश दिएपछि उहाँलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

अदालतको हिजोको आदेश अनुसार हामीले उहाँलाई बिहान ९ बजे अदालतमा उपस्थित गराएका छौँ, नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले भन्नुभयो।

अदालतमा उपस्थित गराइएका डा। केसीको बयान प्रक्रिया केहीबेरमा शुरु हुने सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले बताउनुभयो।

उहाँले भन्नुभयो, आजको इजलास तोकिसकिएको छैन। इजलास तोकिएपछि अदालतको प्रक्रिया अनुसार उहाँको बयान लिने काम शुरू हुन्छ।