सूची सच्याउन राजपालाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको सूची कानून अनुसार नसच्चाए राष्ट्रिय जनता पार्टी नेपाल राजपा नेपालबाट निर्वाचित हुने सदस्यहरुको नाम खाली राखेरै मत परिणाम सार्वजनिक गर्ने चेतावनी दिएको छ।

प्रदेश सभा समानुपातिक तर्फ सिट पाएका १३ दलमध्ये राजपा नेपाललाई नाम सच्च्याउन आग्रह गर्दै आयोगले दुईपटक पत्राचार गरेको थियो।

तर त्यसो गर्दा पनि प्राथमिकताक्रम र समानुपातिक प्रतिनिधित्व मिलाएर नपठाएकाले थप पत्राचार गरिएको आयोगका प्रवक्ताले जनाएका छन्।

उक्त सूची सच्याउन राजपा अध्यक्ष मण्डलका नेताहरु मंगलवार दिनभरजसो छलफलमा जुटेका थिए।