आर्थिक विकास अबको प्राथमिकता : उपराष्ट्रपति पुन

 


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको अवको एजेन्डा आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका छन् । नेपाल चेम्वर अफ कमर्सको चेम्वर दिवस २०७४ तथा ६७ औं वार्षिक साधारण सभाको राजधानीमा उदघाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकाल अन्त भई मुलुकमा शान्ति स्थापना भएकाले मुलुकले अव आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने धारणा राखे ।
उनले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनु पर्ने उल्लेख गर्दै त्यसकालागि निजी क्षेत्र सक्रिय हुनुपर्ने खाँचो औंल्याए । यसका लागि सरकारले निर्यात बृद्धि गर्ने नेपाली उद्योगी व्यवसायीहरुलाई सम्मान गर्ने परम्परा थाल्नु पर्ने आवश्यकता पनि त्यसक्रममा उनले औल्याए । मुलुकको आर्थिक समृद्धिका लागि नेपाल चेम्वर अफ कमर्सले खेल्दै आएको भूमिकाको प्रशंशा गर्दै उनंले चेम्वर सरकार र निजी क्षेत्रबीच सेतुको रुपमा रहँंदै आएको चर्चा गरे ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको समग्र चेम्बर अभियानका अग्रणी एवं मार्गदर्शक संस्था नेपाल चेम्बर अफ कमर्स स्थापना भएको ६७ वर्ष भएको उल्लेख गरे । उनले निजी क्षेत्रकोे सशक्तिकरणबाट मात्र राष्ट्रको समग्र बिकास सम्भव हुने मूलमन्त्र लिइ चेम्वर स्थापनाकाल देखिनै निजी क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्दै सरकार र निजी क्षेत्र बीच सेतुको रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए ।
निजी क्षेत्रको धरोहरका रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स मुलुकको विद्यमान संघीय संरचना अनुरुप संस्थागत स्वरुपमा विस्तार हुन गइरहेको जानकारी दिंदै मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पु¥याउने अभियानको शुभारम्भ यसै ६७ औं वार्षिक साधारणसभा मार्फत भएको जानकारी उनले दिए । हाल चेम्बरले ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आवद्ध रहेको छ र ५२ वटा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जानकारी उनले दिए ।
नेपाल सार्वजनिक विदा दिने देशमा सबै भन्दा अगाडी देखिएको चर्चा गर्दै विदाहरु कटौती गर्नु पर्नेमा झन थपिंदै आएको उनले वताए । उनले सांस्कृतिक दृष्टिकोणले निश्चित समुदायका पर्वमा सोही समुदाय तथा क्षेत्रलाई बिदा दिने गरी अन्य कार्यालय बन्द नगर्ने व्यवस्था हुनु पर्ने भनाई व्यक्त गरे । उनले सास्कृतिक पर्वका विदाको दिनमा समेत वैंक वित्तिय एवं सेवाका कार्यालयहरु खुला हुने व्यवस्था गर्न सरकारसँंग अनुरोध गरे ।
निजी क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माणका लागि अझै पनि पहल हुन नसकेकोमा चिन्तित भएको भन्दै उनले व्यापारीलाई पहिला थुन्ने अनि सुन्ने गर्नु भन्दा पनि कालोबजारी ऐन २०३२ लाई अन्य ऐन जस्तै आजको खुला अर्थतन्त्रको परिवेश तथा आवश्यक्ता अनुरुप परिमार्जन एवं परिस्कृत गर्नु पर्ने खाँचो औंल्याए ।
सो अवसरमा लाइफ टाइम एचीभमेन्ट अवार्डबाट गशेशभक्त शाख, इन्द्रभक्त मेमोरिय अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो । साथै नेपाल चेम्वर अफ कमर्सको कार्यसमितिमा रहेर निरन्तर ४० वर्ष भन्दा वढी विभिन्न पदमा रहेर कार्य गरी विशेष योगदान पुयाउनुभएका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र प्रदान गरियो । साथसाथै चेम्वरको अग्रसरतामा सञ्चालित प्राकृतिक प्रकोपबाट पीडित राहत कार्यमा योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यीक्तहरुलाई सम्मान गरिएको थियो । यसैगरी चेम्वरबाट तेश्रो मुलुकतर्फ जारी गरिएको उत्पतिको प्रमाणपत्रको आधारमा उत्कृष्ट स्थान हासिल गर्न सफल पाँंच जना कार्गाे एजेन्ट तथा निकासीकर्ताहरुलाई पनि सम्मान गरियो ।