नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

maitrinews

 

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसको २ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउनुभएको हो । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार अपराह्न ४ बजे शपथग्रहण गराएको हो ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलको भागवण्डाका आधारमा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।