युवा उद्योगी मनिषकुमार अग्रवालको निधन


काठमाडौं । उद्योगी मनीषकुमार अग्रवालको निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निर्यात प्रवर्दन समिति सभापतिसमेत रहेका अग्रवालको शनिबार राति भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ब्लड क्यान्सरबाट पीडित अग्रवाल ४५ वर्षीका थिए । अग्रवालले मेदान्त अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी नेपाल उद्योग वाणिज्य महासंघमा पछिल्लो १० वर्षदेखि निरन्तर विभिन्न पद तथा भूमिकामा रहेर काम गर्दै आएका छन् । हाल उनले कार्यसमित सदस्यका रुपमा रही निर्यात प्रवर्द्धन समितिको सभापति जिम्मेवारी पाएका थिए । विशेष गरी कृषिजन्य उद्योगहरुमा अग्रवालको लगानी रहेको छ । घ्यू र तेल उद्योगमा लगानी गरेका उनी लुम्बिनी सुगर मिल्सका सञ्चालक हुन् ।