अब केन्द्रमा १५ र प्रदेशमा ७ वटा मन्त्रालय रहने


काठमाडौँ । मन्त्रिपरिषद् अन्तर्गतको प्रशासनिक पूर्वाधार समायोजन समितिले केन्द्रमा १५ र प्रदेशमा ७ वटा मन्त्रालय राख्ने निर्णय गरेको समितिका एक सदस्यले बताएका छन्।

समितिका एक सदस्यका अनुसार मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि औपचारिकता पाउने उक्त निर्णय अनुसार हाल रहेका केही मन्त्रालय खारेज हुनेछन् भने केही गाभिनेछन्।

संघीय संरचना अनुसार सरकार सञ्चालनको अधिकार तीन तहमा बाँडिएसँगै केन्द्रमा थोरै मन्त्रालय र प्रदेशमा पनि सोही अनुरूपको संख्यामा मन्त्रालय रहने गरी निर्णय गरिएको समितिले जनाएको छ।

संघीयता कार्यान्वयनका लागि गठित विभिन्न समितिहरूको सुझावबारे पनि छलफल गरी लिइएको भनिएको उक्त निर्णयबारे समायोजन समितिका सदस्य वाणिज्यमन्त्री मीन विश्वकर्माले बताए।