माओवादीसँग एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय

 

भक्तपुर । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो ।

बैठकले दुई वटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो, “पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने टुङ्गोमा पुगेको छ ।”

सचिव भट्टराईले पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको छ भन्नुभयो ।

एक दुई दिनभित्रै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले यसको टुङ्गो लगाउने जानकारी दिँदै उहाँले यसका लागि आवश्यक गृहकार्य गरी आ–आफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा एमाले र माओवादी केन्द्र्रको पार्टी एकताबारे छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसअघि दुई पार्टीका अध्यक्ष र पार्टी एकता संयोजन समितिको बैठकमा भएका छलफलकाबारेमा अध्यक्ष ओलीले जानकारी गराउनुभभएको थियो ।”

त्यसैगरी बैठकले सात वटा प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार छनोट गर्ने र २९ जनालाई उम्मेदवारको रुपमा प्रस्तुत गरी १० गते मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनका साथै प्रदेशसभाको सिट बाँडफाँडलगायत कार्य गर्ने गरी एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो । बैठकले उक्त प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ ।

साथै कार्यदलले प्रस्तुत गरेको राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रको सिट बाँडफाँडलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नवराज सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै बैठकले त्यसको भत्र्सना गरेको छ ।

सचिव भट्टराईले भन्नुभयो, “समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ ।”
नेकपा ९एमाले० ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अघि सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरी प्रदेश नं ७ बाट कमला ओली ९महिला० कैलाली, इन्दु कडेरिया बिष्ट ९महिला० कञ्चनपुर, शेरबहादुर कुँवर ९खुला० अछाम, चक्रप्रसाद स्नेही ९दलित० डडेलधुरा बनाइएको जानकारी दिनुभएको हो ।
यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी ९महिला० हुम्ला, नन्दा शर्मा ९महिला० सुर्खेत, नरपति लोहार ९दलित० कालिकोट, भैरवसुन्दर श्रेष्ठ ९खुला० जाजरकोट, ठगेन्द्र पुरी ९खुला० पश्चिम रुकुम लाई उम्मेदवार बनाएको छ ।
प्रदेश नं ५ बाट रामलखन हरिजन ९दलित० पश्चिम नवलपरासी, खिमलाल भट्टराई ९खुला० रुपन्देही, मीना बुढा ९महिला० रोल्पा र कोमल वली ९महिला० दाङलाई उम्मेदवार बनाइएको छ । अन्य प्रदेशको उम्मेदवारको नामावली एमालेले सार्वजनिक गरेको छैन ।
यही माघ २४ गते हुने सो निर्वाचनमा एमालेले नेकपा ९माओवादी केन्द्र०सँग तालमेल गरी २९ सदस्यमा मात्र उम्मेदवार दिनेछ
बैठकले माओवादी केन्द्रसँगको पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेकामा विश्वस्त हुन आग्रह गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पु¥याउने गरी काम गर्न निर्देशित गरेको छ ।