राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता


काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिटको लागि आज उम्मेदवारी दर्ता भएको छ । २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।

उच्च अदालत रहेका स्थानहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनु पर्दछ भने मतदाता सूचीमा नामावली भएको हुनुपर्नेछ ।

प्रदेशसभाका ५५० जना सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष १ हजार पाँच सय ६ जना गरी कुल २ हजार ५६ जना उम्मेदवारले ५६ जना राष्ट्रियसभा सदस्य चुन्नेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८९८ जनाको दरले ५६ जना चुनावबाट निर्वाचित हुने र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

हरेक प्रदेशबाट चुनिने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एकजना अपांगता वा अल्पसंख्यक र तीन जना अन्य समूहबाट निर्वाचित हुन्छन् । राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय र बहुमतीय दुबै निर्वाचन प्रणाली अपनाइने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख तीन राजनीतिक दलहरुले राष्ट्रियसभाका उम्मेदवारहरु टुंगो लगाइसकेका छन् ।

एमालेका उम्मेदवारहरू

प्रदेश १

१। नैनकला ओझा ९महिला०, मोरङ
२। खेम नेपाली ९दलित०, मोरङ
३। हरिचरण सिवाकोटी ९खुला०, झापा
४। पर्शुमेघी गुरुङ ९खुला०, संखुवासभा
५। अगम बान्तवा ९अल्पसंख्यक०, इलाम

प्रदेश २

१। सुमन प्याकुरेल ९खुला०, सप्तरी

प्रदेश ३

१। पार्वती रावल ९महिला०, चितवन
२। उदया शर्मा ९महिला०, काठमाडौं
३। सिंहबहादुर विक ९दलित०, सिन्धुपाल्चोक
४। बलराम बास्कोटा ९खुला०, काठमाडौं
५। बेदुराम भुसाल ९खुला०, काठमाडौं
६। रामचन्द्र राई ९अल्पसंख्यक०, मकवानपुर

प्रदेश ४

१। रामबहादुर थापा ९अपांगता०, स्याङ्जा
२। गणेश तिमिल्सिना ९खुला०, पर्वत
३। शान्ति अधिकारी ९महिला०, बाग्लुङ
४। दीपा गुरुङ ९महिला०, लमजुङ

प्रदेश ५

१। रामलखन हरिजन ९दलित०, नवलपरासी
२। खिमलाल भट्टराई ९खुला०, रूपन्देही
३। मीना बुढा ९महिला०, रोल्पा
४। कोमल वली ९महिला०, दाङ

प्रदेश ६

१। कविता बोगटी ९महिला०, हुम्ला
२। नन्दा शर्मा ९ महिला०, सुर्खेत
३। नरपति लोहार ९दलित०, कालिकोट
४। भैरवसुन्दर श्रेष्ठ ९खुला०, जाजरकोट
५। ठगेन्द्र पुरी ९खुला० ,पश्चिम रुकुम

प्रदेश ७

१। कमला ओली ९महिला०, कैलाली
२। इन्दु कडेरिया विष्ट ९ महिला०, कञ्चनपुर
३। शेरबहादुर कुँवर ९खुला०, अछाम
४। चक्रप्रसाद स्नेही ९दलित०, डडेल्धुरा

कांग्रेसका उम्मेदवारहरू

प्रदेश १

१। मिन विश्वकर्मा, दलित ९झापा०

प्रदेश २

उम्मेदवार तय हुन बाँकी

प्रदेश ३

१। हरिशरण नेपाली, दलित ९काठमाडौं०
२। मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक९अपांगता ९भक्तपुर०

प्रदेश ४

१। सुरेन्द्रराज पाण्डे, खुला ९गोरखा०
२। वृन्दा रानामगर, महिला ९कास्की०
३। जितबहादुर नेपाली, दलित ९पर्वत०
४। प्रकाश पन्त, अपांगतारअल्पसंख्यक ९तनहुँ०

प्रदेश ५

१। दुर्गाप्रसाद उपाध्याय, खुला ९रुपन्देही०
२। अनिता देवकोटा, महिला ९दाङ०
३। मैकुलाल वाल्मीकि, दलित ९बाँके०
४। लुटबहादुर खत्री, अपांगता९अल्पसंख्यक ९बाँके०

प्रदेश ६

१। विष्णुबहादुर शाही, खुला ९कालिकोट०
२। सूर्यदेवी मल्ल, महिला ९जुम्ला०
३। मित्रलाल सार्की, दलित ९सल्यान०
४। गोपालप्रसाद शर्मा, अपांगता९अल्पसंख्यक ९रुकुम०

प्रदेश ७

१। बद्री पाण्डे, खुला ९बाजुरा०
२। तारादेवी भट्ट, महिला ९कञ्चनपुर०
३। शेरीराम पार्की, दलित ९बैतडी०
४। छत्रराज जोशी, अपांगता९अल्पसंख्यक ९कैलाली०

माओवादीका उम्मेदवारहरू

प्रदेश १

१। विना पोखरेल ९महिला०

प्रदेश २

२। शशिकला दाहाल ९महिला०

३। प्रदेश ३

१। रामबहादुर थापा बादल ९खुला०
२। गंगा पराजुली ९महिला०

प्रदेश ४

१। दीनानाथ शर्मा ९खुला०
२। खिमबहादुर विक ९दलित०

प्रदेश ५

१। राजकुमार कुँवर ९अल्पसंख्यक र अपांग०
२। चन्द्रबहादुर खड्का ९खुला०

प्रदेश ६

१। जीवन बुढा ९अपांग र अल्पसंख्यक०
२। युटुल लामा ९महिला०
३। कालीबहादुर मल्ल ९खुला०

प्रदेश ७

१। लालीराम लोहार ९दलित०
२। हरिराम चौधरी ९खुला०