सिभिल बैंक लिमिटेड र लाईफ इन्स्युरेन्स कर्पोरेसन नेपालबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवाको शुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल (एल.आई.सी. नेपाल) संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एल.आई.सी.नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।
यस सम्झौताबाट बैंकले एल.आई.सी. नेपालको विविध जीवन वीमा योजनाहरु विना झन्झट प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । साथै बैंकले यस अघि निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।