चालकविनाको मिनीबस सेवा

खाडी मुलुक संयुक्त अरब इमिरेट्सले बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवा सुरु गरेको छ । एक महिनासम्म परीक्षण गरेपछि यो सेवालाई औपचारिक रुप दिइएको हो । इजी माइल नामक फ्रान्सेली समूह र दुबईस्थित ओमनिक्स कम्पनीद्वारा संयुक्त रुपमा यो मिनीबस निर्माण गरिएको हो । ४० किलोमिटर प्रतिघन्टाको गतिमा सेवा प्रदान गर्ने यो मिनीबसले विश्वकै अग्लो भवन बुर्ज खलिफा क्षेत्रमा सेवा सुरु गरेको छ । निर्माण कम्पनीका अनुसार यो मिनीबसले आफ्नो गति अन्य गाडीको गति अनुसार स्वतस्फूर्तरुपमा लिने वा नियन्त्रण गर्नसक्छ । अचम्मको कुरा के छ भने यो मिनीबसले जब सडकमा पैदलयात्रीले बाटो काट्न सुरु गर्छन् त्यतिबेला यसले आफू रोकिएर उनीहरुलाई सडक पार गर्न सहयोग गर्छ ।