राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू

maitrinews


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगका अनुसार
निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागु हुनेछ ।
आयोगले जारी गरेको विज्ञप्तिमा आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि लागु हुनेछ ।
त्यस्तै सार्वजनिक संस्थाका प्रमुख तथा कर्मचारी, नेपाल सरकारको स्वामित्वमा रहेका कार्यालयका प्रमुख तथा कर्मचारीलाई पनि आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाएका छन् ।
आचारसंहिता लागु भएपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन । त्यस्तै मौन अवधिमा मतदाता प्रभावित पारे उम्मेदवारी नै रद्द गर्ने अधिकार र एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।