वाम र मधेसवादी दल मिल्दा दुइतिहाइ बहुमत पुग्छ : ओली

maitrinews

 

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्द्रित दलहरु कांग्रेससँग मिल्न गएको बताउनुभएको छ ।
समुदायिक रेडियो प्रशारक संघको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले वाम र मधेसी गठबन्धन मिल्दा दुई तिहाई पुग्ने बताउनुभयो । संविधान संशोधन हल्ला गर्ने विषय नभएको भन्दै उनले भने, ‘यदि संविधानमा कुनै विभेद छ भन्ने आउनुस्, छलफल गरौं । तत्काल हटाइन्छ ।’

ओलीले अघि भन्नुभयो, तयार हुनुहुन्छ ? भाग्नुहुन्छ । किनभने संशोधन भयो भने मुद्दा नै सकिन्छ ।’ सरकारले ल्याएको संशोधन प्रस्तावको विरोध गरेको तर, संविधान संशोधन हुनै सक्दैन भनेर नभनेको ओलीले बताउनुभयो ।

त्यसअघि राजपा महासचिव मनिष सुमनले संविधान संशोधन हुनु पर्ने बताउनुभयो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनताको असन्तुष्टि सम्बोधन हुनुपर्ने बताउनुभयो ।