बादलका लागि बेदुरामको उम्मेदवारी फिर्ता

maitrinews

 

काठमाडौँ । वाम गठबन्धनले माओवादी केन्द्रबाट प्रदेश नम्बर ३ मा  राष्ट्रिय सभा उम्मेदवार बनेका  रामबहादुर थापा ‘बादल’को जित सुनिश्चित गर्न एमाले नेता बेदुराम भुसालको उम्मेदवारी फिर्ता गर्ने भएको छ।

साना पार्टीहरूको समर्थन वाम गठबन्धनलाई नहुने देखेपछि भुसालको उम्मेदवारी फिर्ता भएको हो।

यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो।

एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल तीन नम्बर प्रदेशबाट खुलातर्फ उम्मेदवार बनेका थिए। विवेकशील साझा र नयाँ शक्तिले कांग्रेस उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने भएपछि खुलातर्फ वामगठबन्धनका २ उम्मेदवारले मात्रै जित्न सक्ने भन्दै बादलको जित सुनिश्चितताको लागि बेदुरामको उम्मेदवारी फिर्ता गर्न लागिएको एक नेताले जानकारी दिए।