नेपाल बङ्गलादेश बैंकको ५५ औं शाखा छत्रगञ्ज,अर्घाखाँचीमा

maitrinews


काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगञ्जबाट नया शाखाको औपचारिक शुभारम्भ गरेको छ। उक्त कार्यक्रम बैंकका नायव महाप्रबन्धकसुरेन्द्र भुषण श्रेष्ठको उपस्थितिमा र छत्रगञ्ज गाँउपालिकाका अध्यक्ष श्री लेखनाथ पोखरेलको सभापतित्वमा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिम राज भुषालबाट उद्घाटन गरिएको थियो ।
छत्रगञ्ज शाखा सहित बैंकले ५५ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४९ वटा एटिएम वाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । आ. व. २०७३÷७४ मा बैंकको कूल निक्षेप ४३.७१ अर्व, कूल कर्जा ३७.४६ अर्व र खुद नाफा १.२० अर्व रहेको थियो ।