प्रचण्ड र सुष्मा स्वराजबीच भेटवार्ता

maitrinews

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री सुष्मा स्वराज बीच भेटघाट भएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार सोल्टी होटलमा शुक्रबार बिहान ९ः४० देखि साढे १० बजेसम्म स्वराज र प्रचण्ड बीच भेतवार्ता भएको हो ।

स्वराजसँगको भेटपछि प्रतिक्रिया दिँदै दाहालले अहिले उहाँको भ्रमण एक सद्भाव भ्रमणको रुपमा आफूले बुझेको बताउनुभयो । साथै चुनावपछिको नेपालको परिस्थिति र सरकार गठनको तयारीका बारेमा कुराकानी भएको प्रतिकृया दिनुभयो ।

नेपालको भावी राजनीति कसरी अघि बढ्ला भनी जिज्ञासा राखेको र निर्वाचनमा विजयी भएकोमा बधाई शुभकामना दिएको बताउनुभयो ।

आफूले नेपालका लागि राजनीतिक स्थायीत्व र विकास आवश्यक रहेको र मुख्य गरी दुई देशबीचको सहयोग र सद्भावका बारेमा नै कुराकानी भएको प्रष्ट्याउनुभयो । साथै नेपालको राजनीतिक स्थायीत्व र विकासका लागि भारतको सधैं सहयोग रहने प्रतिवद्धता जनाएको दाहालले बताउनुभयो।

वाम गठबन्धन बारे स्वराजको धारणा कस्तो रह्यो ? भन्ने प्रश्नमा जवाफ दिँदै दाहालने भन्नुभयो, वाम गठबन्धनले मेजोरिटी ल्यायो, यो सकारात्मक कुरा भयो, यसमा उहाँले बढी भन्ने कुरा थिएन, हामीले पनि बढी भन्ने कुरा थिएन ।