पाथिभरामा प्रत्येक वर्ष १० लाख पर्यटक लैजाने भट्टराईको घोषणा

maitrinews


काठमाडौँ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङ जिल्लाका प्रतिनिधिसभाका सदस्य योगेश भट्टराइले पूर्वको बहुचर्चित धार्मिक तथा पर्यटकीयस्थल पाथिभरामा आगामी पाँच वर्ष भित्रमा प्रत्येक वर्ष दश लाख बढी पर्यटक भित्र्याउने दाबी गर्नुभएको छ । आगामी फागुन एकदेखि तीन गतेसम्म आयोजना हुन लागेको पाथिभरा महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गर्नुभएको हो । उहाँले पाथिभरा पूर्वको चर्चित पर्यटकीय स्थल भए पनि ओझेलमा परेको भन्दै अब त्यसको विकासमा लाग्ने पनि बताउनुभयो । एमाले प्रचार विभाग प्रमुख समेत रहेका उनले पाथिभराको स्वदेश तथा विदेशमा प्रचार–प्रसार गर्नका लागि पाँच हजार ‘पाथिभरा दूत’ घोषण गर्ने पनि बताउनुभयो । ‘हरेक वर्ष पाथिभरा मन्दिरमा १० लाख आन्तरिक तथा बाह्य पर्यटक पु¥याउनका लागि पाथिभरा ‘दूत घोषणा गर्न लागिएको हो,’ उहाँले भन्नुभयो ‘पाथिभरा मन्दिर लगायतका ताप्लेजुङका पर्यटकीय केन्द्रहरुको प्रर्वद्धनका लागि नविनतम् मार्गहरुको पहिचान भइरहेको छ ।’ उहाँले सुकेटार विमानस्थलको स्तरोन्नती, मदन भण्डारी राजमार्गको विकास, सिकैचा हुँदै पाथिभरा जाने मोटरबाटोको निर्माण र सुकेटारदेखि काफ्ले पाटीसम्मको मोटरबाटाको कालोपत्रे लगायककाकार्यहरु गर्न पहल भइरहेको पनि बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा हुने सो महोत्सवमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयां रणभीम गूल्म मुख्य आयोजक र जिल्ला समन्वय समिति ताप्लेजुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघ, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं र फुङलिङ नगरपालिका ताप्लेजुङ सह–आयोजकको रुपमा रहने छन् । पाथिभरा पर्यटन महोत्सवका मुख्य प्रायोजक हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. काठमाडौं, र महोत्सव प्रवद्र्धक नेपाल पर्यटन वोर्ड रहने आयोजकले जनाएको छ ।
महोत्सवको क्रममा (क) स्थानीयउत्पादनको प्रदर्शनी, ख) हिमालयन गाइड्स पाथीभरा म्याराथन, ग) विविध सांस्कृतिकझाँकीहरू, घ) खेलकूदकार्यक्रम, ङ) चर्चित राष्ट्रिय कलाकारहरूका साथमाविविध सांस्कृतिककार्यक्रम, च) खानपानका परिकारहरू र ताप्लेजुङे सत्कारहुने पाथिभरादेवीमन्दिर क्षेत्र संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ ।