प्रदेश ४ को मुख्यमन्त्री गुरुङ बन्ने निश्चित

पोखरा । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ हुनुहुने भएको छ । नेकपा एमाले चार नम्बर प्रदेश संसदीय दलको बैठकबाट गुरुङ मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । एमालेको बैठकले गुरुङलाई सर्वसम्मत स‌ंसदीय दलको नेतामा चयन गरेको हो ।
एमालेको यो निर्णयसँगै गुरुङले प्रदेश ४ को पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्माल्ने बाटो खुलेको छ । मुख्यमन्त्रीका अर्का आकांक्षी एमाले चार नम्बर प्रदेश संयोजक किरण गुरुङ संसदीय दलको नेताको दौडबाट हटेपछि पृथ्वी सुब्बा गुरुङको नाममा सर्वसम्मति भएको हो ।