कृषि विकास बैंकले २० प्रतिशत वोनस शेयर दिने

maitrinews


काठमाडौं । कृषि विकास बैंक लि. ले आर्थिक बर्ष २०७३र७४ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई २० प्रतिशत वोनस शेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय गरेको छ । बैंकको शोमबारसम्पन्न एघारौँ साधारण सभाले सो गरेको हो । त्यसैगरी नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।
जस अनुसार २०७४ साल आषाढ मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार शेयर रु. ५ अर्व ४३ करोड २७ लाख १२ हजार लाई वार्षिक ६ प्रतिशतले हुने रकम रु. ३२ करोड ५९ लाख ६२ हजार ७२० नगद लाभांश र साधारण शेयर चुक्ता पँुंजी रु.७ अर्व ०८ करोड ७६ लाख ८० हजार को लागि २० प्रतिशत बोनस शेयर वापत रु. १ अर्व ४१ करोड ७५ लाख ३६ हजार र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुने रु.७ करोड ४६ लाख ०७ हजार १५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । यो निर्णयबाट देशका कुना काप्चामा रहेका करिव २ लाख ४८ हजार शेयरधनीहरु लाभान्वित भएका छन् ।
हाल बैंकको साधारण शेयर पुँजी रु. ७ अर्ब ०८ करोड ७६ लाख ८० हजार र नेपाल सरकारको अविमोच्य अग्राधिकार शेयर पुँजी रु.५ अर्ब ४३ करोड २७ लाख १२ हजार गरी चुक्ता पुँजी रु.१२ अर्व ५२ करोड ०३ लाख ९२ हजार कायम रहेकोमा आज पारित २० प्रतिशत वोनस शेयरले हुने रकम रु. १ अर्व ४१ करोड ७५ लाख ३६ हजार समेत समावेश गर्दा बैकको चुक्ता पुँजी रु.१३ अर्व ९३ करोड ७९ लाख २८ हजार हुने भएको छ भने साधारण चुक्ता पुँजी रु.८ अर्व ५० करोड ५२ लाख १६ हजार पुग्नेछ ।
बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७३र७४को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु (पूरक समेत) र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७४र७५ को पौष मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो ।
बैंकमा २०७४ साल पौष मसान्तसम्ममा निक्षेप रकम रु.९८ अर्व १७ करोड ३४ लाख पुगेको छ भने लगानीमा रहीरहेको कर्जा रु.९७ अर्व १५ करोड ४९ लाख रहेको छ । बैंकले २०७४ साल पौष मसान्तसम्ममा रु.१ अर्व ०२ करोड ९१ लाख नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कुल कर्जामा निष्कृय कर्जाको अंश ४.६० रहेकोमा २०७४ साल पौष महिनामा कुल कर्जामा निष्कृय कर्जाको अंश ३.९५ प्रतिशत कायम रहेको छ ।
बैंकले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको छ । अत्यधिक प्रतिस्पर्धात्मक वजारमा समेत बैंक चालु आर्थिक बर्षमा कर्जा तथा सापट, कुल आम्दानी, खुद नाफा लगायतका अधिकांश सूचकांकहरुमा प्रगति गर्न बैंक लागि परेको छ ।
यो बैंक २०७४ साल माघ ७ गते ५१ औं वर्षमा प्रवेश गरेको छ । यसै सन्दर्भमा बैंकले संस्थागत सामाजिक सामुदायिक उत्तरदायित्व अन्र्तगत भूकम्प पीडित, वाढिपीडित, वृद्धाश्रम, खानेपानी, मठमन्दिर, स्कूल हाटबजार यात्री प्रतीक्षालय आदिमा आवश्यकता अनुसार सहयोग गदै आएको छ ।