प्रदेश २ को मुख्यमन्त्रीमा राउत

maitrinews

 

जनकपुर । प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिनुभयो ।
कायस्थले मन्त्रिपिरषद विस्तारका लागि समेत राउत पत्र दिनुभयो । यो सँगै मन्त्रिपरिषदको लागि बाटो खुलेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नियुक्ति पत्र प्रदान गरिएको हो ।
मुख्य मन्त्रीमा नियुक्त भएपछि राउतले मधेसी सहिदको सपना मधेस सरकार बनाउने सकार भएको बताउनुभयो ।