रेनो क्विड १.० ‘लिइभ फर मोर’

maitrinews


काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले रेनो क्विड टेस्ट ड्राइभ र कार डिस्प्ले इभेन्ट आयोजना गरेको छ । फेब्रुवरी १६ को दिन आयोजना गरिएको यस कार्यक्रममा रेनो १.० लिटर सेग्मेन्टका ग्राहकहरुको लागि बिषेश कार्यक्रम बनेको थियो ।
रेनो क्विड १.० ‘लिइभ फर मोर’ नामाकरण गरिएको यस कार्यक्रममा ग्राहकले टेस्ट ड्राइभ र कारको बिषयमा जानकारी पाउनु भएको थियो ।
उक्त कार्यक्रमले रेनोका ग्राहकहरुलाई बिक्री अघि कारको बारेमा जान्ने अबसर प्रदान गरेको थियो । यो अबसरमा ग्राहकले क्विडका फिचरहरुलाई नजिकबाट नियाल्ने र कसरी पछिसम्म फाइदा लिन सकिन्छ भन्नेकुरा बुझने मौका पाउनु भएको थियो । उक्त कार्यक्रम नक्सालको निलगिरी रेष्टुरेन्टमा आयोजना गरिएको थियो । करिब ५० जना ग्राहकले नक्साल एरियामा टेष्ट ड्राइभ गर्नुभएको थियो भने, उहाँहरुले रेनो ब्राण्डको बारेमा बुझने मौका समेत पाउनु भएको थियो ।
कार्यक्रमको दौरान ग्राहकहरुले क्विडको फिचर्स, फियुल इफिसेन्सी, लगायतका बिषयमा जिज्ञासा राख्नु भएको थियो । क्विडले प्रति लिटर २५.१७ किलोमिटर माइलेज दिने छ भने, यसको ग्राउण्ड क्लिएयरेन्स १८० एमएम र ७ इन्चको टचस्कृन इफोरटेनमेन्ट सिस्टम जडान भएको छ । रिमोट कन्ट्रोल लकिङ सिस्टम जडान भएको छ ।
सहभागि ग्राहकहरुले कारको सबै भागलाई नजिकबाट नियाल्ने मौका पाउनु भएको थियो । भबिष्यमा यस्ता किसिमका इभेन्टहरु कम्पनीले गर्दै जावोस् र एक्स्पेरिएन्स गर्ने मौका ग्राहकहरुले पाउन् भन्ने अपेक्षा राख्नु भएको थियो ।
रेनो आफ्ना ग्राहकहरुलाई यो कुरा विस्वस्त गर्न चाहन्छ कि भोलीका दिनमा यस्ता कार्यक्रम उपत्यमा मात्र नभएर नेपालभरका मुखय शहरहरुमा आयोजना हुने छ । रेनो कार टेस्ट ड्राइभले ग्राहकहरुलाई नयाँ जेनेरेशनको चालकको अनुभुति गराएको छ ।
यस बाहेक रेनोको ‘रेनो वाउ अफर’ देश भरिनै भब्य रुप संचालन भईरहेको छ ।