नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता

maitrinews

 काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।

साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेमा उल्लेख गरिएको छ ।

अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने दुर्इ दलले बताएका छन् ।

चर, पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटबारे सहमतिपत्रमा केही उल्लेख छैन ।

स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ ।

साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन ।

बैठकपछि आलोपालो प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली भइसक्नुभयो भन्ने कूटनीतिक जवाफ दिएका छन् ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । 
वाम गठबन्धनमा आवद्ध यी दुई पार्टीले आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर्णय पनि गरेका छन् । आज साँझ ७ बजेदेखि राति ११ बजेसम्म बसेको बैठकले आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपमा सम्पन्न गरिने पनि सहमति गरेको हो । यो सहमतिसँगै माओवादी केन्द्रलाई सरकारमा मन्त्री पठाउन बाटो खुलेको छ । यही फागुन २ गतेको समितिको बैठकमा मिल्न बाँकी विषयलाई दुई दलले आज हस्ताक्षरसहित सहमति गरेका हुन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा आज राति अबेरसम्म बसेको पार्टी एकता संयोजन समितिको बैठकले गरेको सहमतिमा पार्टीको नेतृत्वमा दुई सहअध्यक्ष रहने तथा सरकारको नेतृत्व आलोपालो गर्ने भनी चर्चामा आएका विषयबारे उल्लेख गरिएको छैन । कहिलेसम्म पार्टी एकता गर्ने भन्ने पनि किटान गरिएको छैन । 
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको उक्त एकता संयोजन समितिले एमालेले अपनाउँदै आएको “जनताको बहुदलीय जनवाद” अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको स्पष्ट पारेको छ । 
सहमतिमा एमालेको “जबज” र केन्द्रको “माओवाद र एक्काइसौँ शताब्दीको जनवाद” सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ । 
प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत् समाजवादको आधार निर्माण गर्ने सहमतिमा जनाइएको छ । 
उक्ता प्रारम्भिक आधारहरुमा एकता समितिका रहनुभएका एमालेका अध्यक्ष ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष पामदेव गौतम र ईश्वर पोखरेल तथा केन्द्रका अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । 
एमाले महासचिव पोखरेर र केन्द्रका नेता श्रेष्ठले सात बुँदे सहमति सार्वजनिक गर्दै पार्टी र सरकारको नेतृत्वका विषयमा थप स्पष्ट चाहनुभएन । उहाँहरुले लिखितरुपमा आएका विषयहरुलाई आधिकारिक ठान्न आग्रह गर्नुभयो । 
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि गत असोज १७ गते दुई पार्टीबीच एकता गर्ने घोषणा गरिएको थियो । निर्वाचनमा बहुमत हासिल गरेको यस गठबन्धनको समर्थनमा एमालेका अध्यक्ष ओली यही फागुन ३ गते प्रधानमन्त्रीमा नियक्त हुनुभएको थियो । 

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता टाढिएको भन्दै बजारमा केही हल्लाहरु चलिरहेका बेला सोमबार मध्यरातमा ती सबै भ्रमलाई चिर्दै पार्टी एकताको प्रारम्भिक आधार तयार भएको छ । बालुवाटारमा सोमबार मध्यरातमा एमाले तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, महाससिचव ईश्वर पोखरेलले र माओवादी तर्फबाट पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘वादल’ पार्टी एकताको प्रारम्भिक आधारहरु भन्दै ७ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि वाम एकताले औपचारिक आकार लिएको हो ।
वाम एकतालाई भाँड्नका लागि केही शक्तिले विभिन्न खालका हल्ला चलाए पनि ती सबै हल्लालाई फिका बनाएर एकता प्रक्रिया अघि बढाएको नेताहरुले दाबी गरेका छन् । ‘एमाले र माओवादीबीच एकता हुँदैन भन्नेहरुका लागि यो बालुवाटारको सात बुँदे गतिलो झापड हो,’ एमालेका एक नेताले भन्नुभयो, ‘अब विचार र संगठनको संरचना पनि हामी मिलाएर जान्छौँ ।’ उहाँले केही दिन भित्रै पार्टी एक हुने पनि दाबी गर्नुभयो । उहाँले माओवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पनि छिट्टै तय हुने जानकारी दिनुभयो ।
त्यसो त नेताहरुले सात बुँदेमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने, निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद राख्ने समेत सहमति गरेका छन् । यो भएपछि विचारमा समेत विवाद अन्त्य भएको नेताहरुको भनाई छ । शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत श्रेष्ठता स्थापित गर्ने, एमालेले अपनाएको जबज र माओवादीले अपनाएको एक्काइसौ शताब्दीको जनवादवारे आवश्यक छलफल, परिमार्जन र विकास गर्ने जस्ता कुरालाई पनि सात बुँदेमै उल्लेख गरेपछि अब कुनै समस्या नहुने नेताहरुको ठहर छ । ‘सात बुँदेमै उल्लिखित आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन र विधान तयार गरी पार्टी सञ्चालन गर्ने जस्ता कुरा उल्लेख छन्,’ उहाँले भन्नुभयो, ‘राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढगर्दै सामाजिक आर्थिक रुपान्तरण मार्फत समाजवादका आधार निर्माण गर्ने कुरालाई पनि सात बुँदेमा उल्लेख गरिएको छ । सझदारीका साथ एकता महाधिवेशन भव्यरुपमा गर्ने कुरा पनि सो बुँदा उल्लेख छ । मध्यरातको त्यो सहमतिले वाम एकताको औपचारिक आधार तयार पारेको हो ।’