कास्की र झापामा बम विष्फोट,प्रहरी र पत्रकार घाइते,तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु

maitrinews

पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।
विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो । घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् ।
विप्लप समूहका कार्यकर्ताले दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो ।
विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने नभएको दमकका डिएसपी दिपक गिरीले बताए ।

बन्दकर्ताले स्थानीयलाई तर्साउनका लागि सामान्य पटका पड्काएको हुन सक्ने प्रहरीको अनुमान छ ।

काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा शंकास्पद वस्तु भेटिएको हो ।

वृतका डिएसपी रवि पौडेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

आज नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वन गरेको थियो । र, बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको छ । थप अनुसन्धान थालिएको छ ।

यसैबीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।