जनता बैंकको नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता

maitrinews

काठमाडौं । जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत झन्झट रहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरतासँगै आज यस बैंक र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्ससेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयवहादुर शाहले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नु हुनेछ । यस बाट ग्राहकहरुले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बीमा सम्बन्धि सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।