जनता बैंक नेपाल लिमिटेडको लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा नयाँ शाखाबाट कारोवार सुभारम्भ

maitrinews


काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले शाखा विस्तारको क्रममा फागुन १३ गते देखि लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पु¥याउने नीति अनुरुप यो शाखा खोलिएको हो ।
दोर्दी गाउँपालिका वडा नं. ४ मा रहेको यो बैंकको ९५औं शाखा हो । लमजुङ जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गा.वि.स. समेटिएर बनेको दोर्दी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबनस्तर सहज बनाउन सक्नेछन् भन्ने अपेक्षा लिएको बैंकले जनाएको छ ।
यस सगै बैंकले देशभरीबाट ९५ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ ।