लगानीको अवस्थामा सुधार आउन थालेको छ—ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ,अध्यक्ष ,नेपाल बैंकर्ष संघ

maitrinews

नेपालको बैंक तथा वित्तीय क्षेत्र पछिल्लो समयमा निकै चर्चामा छन् । यस क्षेत्रमा शुरु भएको पुँजी वृद्धिको योजना, लगानी योग्य रकमके अभाव, कर्जा र निक्षेपवीचको चर्को ब्याजदर अन्त आदिले यो क्षेत्रलाई चर्चामा ल्याएको हो । यही सन्दर्भमा हामीले नेपाल वंगलादेश बैंकका प्रमूख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङगानासँग बैंकिङ क्षेत्रको विद्यमान अवस्थाका सन्दर्भमा गरिएको कुराकानी ।

बैंकिङ क्षेत्रको अहिलेको अवस्था कस्तो छ ?

बैंकिङ क्षेत्रमा अहलिे त्यस्तो खासै ठूलो परिवर्तन त केही आएको छैन । पहिला जस्तो थियो, अहिले पनि त्यस्तै हो । यद्यपी भर्खरै मौद्रिक नीतिको मध्यावधी समिक्षा आएको छ । यसले अलिकति के देखाएको छ भने प्राइवेट सेक्टरमा अलिकति कर्जाको विस्तार, निक्षपको भन्दा अलि बढी भएको छ । जसले गर्दाखेरि लगानी योग्य रकमको अलिकति घर्षण पैदा भएको भनौं न राष्ट बैंकको सन्दर्भमा । अन्य कुराहरु त सबै सामान्य नै छ । सबै बैंकहरु, वित्तिय संस्थाहरु यो चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट बैंकले तोकेको पूंजी पु¥याउन मा नै व्यस्त छन् ।

एकाएक बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखयो । यस्तो चाँहि कसरी भयो ?

तरलताको अभाव त होइन । सम्पूर्ण बैंक र वित्तिय संस्थाहरुसँग प्रसस्त तरलता छ । यो लगानी योग्य रकम कम भएको अथवा बैंकहरुले आफुले लगानी गर्न सक्ने अप्टीमम सीमामा पुगेको हो । र यो एकाएक भएको होइन । क्रमिकरुपमा यो चालु आवको पहिलो छ महिनाको कर्जाको वृद्धिदर र निक्षपको वृद्धिदरमा आएको अलिकति ग्याभले गर्दाखेरि यस्तो भएको हो । बैंकहरुको आफ्नो पुंजी पनि वृद्धि भयो । बैंकहरुले आफ्नो व्यवसायको आकार पनि बढाउँदै लगे । यो वर्ष बजेट पनि समयमा नै आएको थियो । यो वर्ष बजेट १५ जेठ भित्र नै आएको थियो गत साल । बैंकहरुले के सम्झिए भने समयमै बजेट आएको छ । सरकारले समयमै खर्च गर्छ । र आर्थिक अरु इन्डिकेटरहरु राम्रो छ । लगानीको वातावरण छ । भने पछि लगानी क्रमिक रुपम बढ्दै गयो । तर, त्यो हिसावले सरकारले समयमा खर्च गर्न सकेन । रेमिट्यान्सको वृद्धिदरमा पनि केही कमी आयो । जसले गर्दा खेरि निक्षपको वृद्धिदर पनि लगानीसँग सँगसँगै उठ्न सकेन । त्यो कारणले गर्दाखेरि लगानीयोगय रकम कम भएको हो ।

यो दुई चार महिना पहिले तपाईहरुलाई थाहा हुँदैन थियो ?

होइन, भविष्य फोरकाष्ट गर्ने कुरा हामी केही केही क्यालकुलेट गर्न सक्छौं । तर, ठ्याक्कै यहि आवस्था आउँछ, सरकारले खर्च नै गर्न सक्दैन । विदेशबाट आउने र्यामिट्यान्समा पनि वृद्धि हुँदैन । भन्ने कुराको फोरकाष्ट गर्न चाँहि गाह्रो हुन्छ । तर, कर्जाको वृद्धिदर, निक्षेपको वृद्धिदरमा बढी भइसकेपछि दुई चार महिना अगाडी देखि नै यो कुरा थाहा भएकै कुरा हुन् । दुई चार महिना अगाडी तपाईहरुले थाहा पाउन भएन, त्यो दोस्रो कुरा हो । अहिले आएर थाहा पाउनु भयो, पत्रिकाबाजी धेरै भयो त्यो अलग कुरा हो । तर, जुन हिसावमा पत्रपत्रिकामा आएको त्यस्तो आवस्था पनि होइन । यो एउटा समय अनुसार चल्ने चक्र हो, यस्तो भइरहन्छ ।

हाल जुन किसिमको समस्या छ, यो कहिलेसम्म निरन्तर रहन्छ ?

होइन, तपाई आज भन्दा एक महिना अगाडीको आवस्था र अहिलेको आवस्थामा नै धेरै सुधार भइसकेको छ । एउटा त नीतिगत परिवर्तनको सुधार भइसक्यो । दोस्रो अहिले पछिल्लो चरण एक डेढ महिना देखि हेर्नु भयो भने कर्जाको विस्तार भन्दा निक्षेपको चाँहि वृद्धिदर क्रमिक रुपमा बढिरहेको छ । त्यो हिसावले आगामी एकडेढ महिनामा यो आवस्था सामान्य हुन्छ जस्तो मलाई लाग्छ ।

राष्ट्र बैंकले जहिले नि अनुगमन गर्छ । तर, समस्या चाँहि देखिइ नै राखेको छ । के यो राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीच ट्युनिङ नमिलेको हो पछिल्लो समयमा ?

होइन, होइन, त्यस्तो होइन । राष्ट्र बैंकले आफ्नो दायित्व अन्तरगत क्रमिक रुपमा, मतलव टाइम इन्टरवलको हिसावले निरिक्षण गरिराखेको हुन्छ । लागातार पनि गरिराखेकोक हुन्छ अफसाइडको हिसावले । अनसाइडमा पनि उहाँहरुले रेगुलर्ली वर्षै पिच्छे गरिराखेको हुन्छ । तर, अब हामी पनि नेपाल राष्ट्र बैंकको नीति निर्देशन भित्रै बसेर काम गर्ने हो । काम गर्दा गर्दै कहिले काँहि तलमाथि हुन्छ त्यो भिन्नै कुरा हो । तर, ओभरल बजारको परिस्थिति, निक्षेप एउटा बैंकबाट अर्कोमा सर्ने, अर्कोबाट अर्कोमा सर्ने, यो चाँहि इमान र व्याजदरको आधारमा व्याजदर परिवर्तन हुन्छ ।

अहिले बैंकबाट कुन क्षेत्रमा बढी ऋण प्रवाह भएको छ ?

पछिल्लो चरणमा भन्ने हो भने त मैले अघि पनि भने उत्पादनशील क्षेत्रमा नै बैंकहरुले कर्जा लगानी गरिरहेका छन् । पहिले नै कमिटमेन्ट गरिसकेका कन्सिट्युम कर्जाहरु लगायतका कर्जाहरु हामीले दिइनै राखेका छौं । किन भने व्यापारको चक्रमा निश्चित स्टेजमा पुगिसकेपछि त रोक्ने कुरा पनि हुँदैन । त्यस्तो क्षेत्रमा हामीले नाई पनि भनेका छैनौं र दिई नै राखेका छौं । धेरै चाँहि उत्पादन क्षेत्र, हाइड्रो, कृषि र टुरिज्मलगायतका क्षेत्रमा फोकस भएका छौं । साथसाथै ट्रेडिङ लगायत अन्य कुराहरुका लगानीका क्षेत्रमा पनि लगानी भई नै रहेको छ ।