माओवादीका महासचिव विप्लवका नाममा पक्राउ पुर्जी जारी

maitrinews

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द
‘विप्लव’लाई के गिरफ्तार गर्ने तयारी भएको छ । कपिलवस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको छ ।विप्लवको घरमा पुर्जी टाँस भएको छ ।
जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टी गरे ।
उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो