कृषि विकास बैंक लिमिटेड द्वारा कृषि सामग्रि हस्तान्तरण

maitrinews

 


काठमाडौं । सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि. डडेलधुरा उप¬शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति लिला प्रकास सिटौलाले कृषि सामग्रि हस्तान्तरण गरे । कृषि क्षेत्र अन्र्तगत तरकारी उत्पादनमा कृयाशिल बकण्डे ताजा तरकारी समुह ,पशुपालन क्षेत्रमा सकृय रामेश्वर पशुपालन समुह र उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्थालाई कृषि सामग्रि हस्तान्तरण गर्ने सिसिलामा बकण्डे ताजा तरकारी समूहलाई १५ ओटा क्रेट र १५ ओटा पानि झारी , रामेश्वर पशुपालन समुहलाई २ ओटा ग्रास चोपर मेसिन र उग्रतारा देवि कृषि सहकारी संस्थालाई ४ ओटा ग्रास चोपर मेसिन हस्तान्तरण गरिएको हो ।
सो समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे । उनले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरु समेत प्रदान गर्दै आईरहेको समेत बताए ।
कृषकहरुको बैंक भएकाले कृषकहरुकै मायाले बैंक मुलुकको सबैभन्दा शिषस्र्थ र अग्रणी बैंक बन्न सफल भएको जिकीर गर्दै उनले किसानहरुलाई अझ बढि कृषि बिकास बैंक संग कारोवार गर्न समेत आग्रह गरे । कार्यक्रममा कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बैंकका विभिन्न पक्षबारे प्रकस पारेका थिए ।
कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेडका उपमहाप्रवन्धक शेषरमण आचार्यले द्वन्दकालमा बिस्थापीत शाखाहरु प्ुानरस्थापना गर्ने कार्य भईरहेको बताउदै उनले डडेल्धुराको भित्रि मधेशक्षेत्र जोगबुढा मा बैंकको शाखा खोल्न प्रवन्धक नियुक्त गरेर कार्यक्षेत्रमा पठाईसकेको समेत बताए । उनले कृषकहरुलाई बैकबाट लिएको क्रण सही रुपमा सदुपयोग गरी आयआर्जन मा बृद्धि गराउदै समयमै कर्जा चुक्ता गर्न समेत कृषकहरुलाई आग्रह गरे ।