सामसङ ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा फाइदैफाइदा

maitrinews

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट ८स्मार्टफोनको खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा पनि उपलब्ध गराएको छ । फोर जि डाटा प्रति महिना २ जिबिका दरले ८ हिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने छ । साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको छ ।
ग्यालेक्सी नोट ८ फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रिउ डिउल क्यामेरा ति ग्राहकहरुको लागि हो जो सधैं उच्च आकांक्षा राख्दछन् । सामसङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको छ ।