सरकारले एक खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने

maitrinews

काठमाडौं । चालु आवमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले एक खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भएको छ । बुधबार मध्यावधि समिक्षा गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले चालु आवमा ८४।६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने बताएका हुन् ।

सरकारले खर्च गर्न नसक्ने भएपछि चालु आवको बजेटको आकार घटाएको छ । अब बजेट १० खर्ब ९९ अर्ब भएको छ । चालु आवमा पुँजीगत खर्च ७० प्रतिशत, चालु खर्च ९२ प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको हो ।

सरकारले विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था रहिरहदा बजेटभन्दा बाहिरका कार्यक्रमका लागि ९गैर बजेटरी माग० तीन खर्ब बढि रुपैयाँको माग आएको अर्थमन्त्रालयले उल्लेख गरेको छ ।

सरकारका अनिवार्य दायित्वमा रहेका शीर्षकको लागि विनियोजन गरिएको रकम चालु खर्चको रुपमा खर्च गर्न नपाउने व्यवस्था अर्थमन्त्रालयले गरेको छ ।