प्रदेश ५ का मुख्यमन्त्री पोखरेलाई दुईतिहाइ मत

maitrinews

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाउनुभएको छ । उहाँले दुईतिहाइ मत पाउनुभएको छ ।
प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत माग्नुभएको थियो । उहाँको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।