विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना,४९ जनाको मृत्यु

maitrinews

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटना परेका १४ जनाको उद्धार भएको छ । यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ  । यूएस एयरको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  सो घटनामा ५० जना यात्रुका मृत्यु भएको प्रहरीले आशंका गरेको छ ।

बंगलादेशको ढाकाबाट आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाजमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१ जना थिए ।

विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। धावनमार्गबाट जहाज चिप्लिएको हो । विमान दुर्घटना भएपछि धावनमार्ग बाहिरको घाँसे मैदानमा आगो लागेको छ । दमकलको सहायताले विमानमा लागेको आगो  मैदानमा लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।

घटनापछि विमानस्थलका सबै उडान बन्द गरिएको छ, भने घाइतेलाई उद्दार गरी अस्पताल लाने क्रम जारी छ।

यसैबीच,विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जानुभयो । उहाँले घटनास्थलको अवलोकन गर्नु भई उद्धार कार्यलाई गति दिन आग्रह गर्नुभयो ।