सामसङ ग्यालेक्सी एस ९ र एस ९ प्लस सार्वजनिक

maitrinews

काठमाडौं । सामसङ ग्यालेक्सी एस ९ र एस ९ प्लस नेपालमा सार्वजनिक गरिएको छ । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी एस ९ र एस ९ प्लस सार्वजनिक गरेको हो । यस फोनको माध्यमबाट प्रयोगकर्ताहरुले कुराकानीगर्न, आफ्नाअनुभवहरु विश्वसामू शेयर गर्न सक्नेछन् । एस ९ र एस ९ प्लसमा इमेज, भिडियो तथाइमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । यसमासंशोधितगरिएको ड्युल एपरचर लेन्स, लो लाइट क्यामेरा सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधातथा पर्सनलाईज्ड ए आर इमोजीस तथाडल्बी एटमोसको साथ एकेजी द्वारा सुसज्जितगरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ ।
एस ९ र एस ९ प्लसमा एकेजी, अझ बढी सुधारिएको रिफाइण्ड एज टु डिप्ले तथा नयाँ स्मार्ट थिंग्स एप, सामसङको विद्यमान लट सेवासहित उपलब्ध रहेको छ । यी फोनमाभएका यस्ता सुविधामार्फतएक फोनमा व्यापक सुविधाहरु प्राप्तगर्न सकिन्छ ।
सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले ‘मोबाइलफोनबाट स्व–अभिव्यक्तिएवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको बताए । एस ९ र एस ९ प्लसमा जुनसुकै वेलाग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिनेछ । यो स्मार्ट फोनमा सहज रुपमा आवद्धहुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको छ ।
आजको क्यामरा केवलफोटो खिच्नको लागिमात्रहोइन, कुराकानीगर्नअनिआफ्नाअनुभवहरुलाई साटासाट गर्न भनीबनाइएको हुन्छ । उपभोक्ताहरु अत्याधुनिक स्मार्ट फोन क्यामरा चाहनुहुन्छ, जुनआफूले चाहेको वेलाउच्चस्तरीय फोटो खिचीतिनलाई क्यामरामाभएकाविभिन्न टुल्सहरुको सहयोग लिई अझआकर्षक एवं जीवन्तबनाउनपनि
सकिन्छ । ग्यालेक्सी क्ढ तथाक्ढं माग्राहकको आवश्यकतालाई विशेष ध्यानदिइएको छ । सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्गपावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटोशेयर गर्न सकिन्छ ।
यसवाट हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसलेप्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ । यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधापनि रहेको छ, जसलेमुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्डगर्न थाल्दछ । यसमाभएको ३५ विभिन्नअप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ । साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन् । फोनमाभएको सुविधाप्रयोग गरी एक क्लिकका भरमा जिआइएफ फाइलसजिलै बनाई शेयर गर्नपनि सकिन्छ ।
राम्रो लाईटिङबाट नै उच्चस्तरीय फोटो खिच्न सकिन्छ तर, अधिकांश स्मार्ट फोनहरुमा फिक्स्ड एपरचर भएको हुँदा न्यून उज्यालोमा राम्रो फोटो खिच्न सकिदैन तर एस ९ र एस ९ प्लस मोबाइलमा ड्युल एपरचर भएको हुँदा ज्यादा उज्यालोको अवस्थामा या न्यून उज्यालोको अवस्थामापनि स्वतः सफाएवं चुस्तफोटो खिच्न सकिन्छ ।
ग्राहकले ग्यालेक्सी एस ९ र एस ९ प्लस फोन पाँच हजारको तुरुन्त क्याशव्याक सहित क्रमशः ९२ हजार नौ सय तथा एकलाख चार हजार नौ य तोकिएको छ ।