प्रचण्डलाई छेउमै रोखर बालुवाटारबाटै प्रधामन्त्री ओलीले भन्नुभयो– ‘२२ अप्रिल भन्दा अघि नै हामी एकता हुन्छौँ’

maitrinews

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग २२ अप्रिल भन्दा अघि नै एकीकरण गर्ने ठोकुवा गर्नुभएको छ । आफुलाई बिश्वासको मत दिने सांसदहरुको सम्मानमा आज प्रधानमन्त्री निवास वालुवाटरमा आयोना गरेको चियापान कार्यक्रममा यस्तो ठोकुवा गर्नुभएको हो । ‘हामी छिटै नै एकता गर्दै छौ, अप्रिल २२ मा पार्टी एकता गर्छौ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म त्यो भन्दा अघि नै एकता गर्छौ । केही प्राविधिक कुरा पूरा हुने वितित्कै हामी एकता गर्छौ ।’
उहाँले एकता प्रक्रिया पवित्र काम भएको भन्दै भन्नुभयो– ‘यो पवित्र काम जहिले गर्छौ त्यो नै पवित्र साइत हो । ग्रह–दशा आकासमा छन् । जनता धर्तीमा छन् ।सबै जनता यहाँ भएपछि ग्रह–दशाको कुनै मतलव छैन ।’
उहाँले थप भन्नुभयो– ‘मानिसहरु धेरैले पत्याएका छैनन् । हामी कमजोर भएको मनोवललाई उच्च बनाउँदै आएका छौँ । हामी आत्मा विश्वासका साथ अघि बढ्छौँ । केही वर्ष भित्रमा गर्यो भने के हुँदैन भन्ने हामी देखाई दिन्छौँ ।’
अहिले धेरैले सरकार बलियो भयो भने तानाशाह हुन्छ भन्ने थोत्र विचार बाहिर ल्याएको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले कांग्रेसका लागि अब पर्शुरामको बञ्चरो काम नलागे जस्तै भएको पनि आरोप लगाउनुभयो । ‘यो चुनावमा कांग्रेसलाई बञ्चरो भारी भयो,’ उहाँले भन्नुभयो, ‘कांग्रेसले थाहा पाउनु पर्ने हो थाहा नपाए विस्तारै थाहा पाउँदै जानेछ ।’
उहाँले अहिले जनताले रथ तान्ने जिम्मेवारी वामपन्थीदललाई दिएको पनि दाबी गर्नुभयो । ‘हामीले हामीलाई अध्यावधिक गरेनौँ भने आजको रफ्तारमा हिड्न सकेनौँ भने हामी असफल हुन्छौँ,’ उहाँले भन्नुभयो, ‘आजको रथ तान्न जनताले हामीलाई पठाएका छन् । हामी तान्छौँ । तर, रथ तान्न सजिलो छैन है । रथ लथालिङ्ग छ है ।’
उहाँले भ्रष्चाचार किन छ रुभन्ने प्रश्न गर्दै भन्नुभयो– ‘कुनै पनि अपराधिक तत्वले कानुनको वर्खिलाफ गर्न खोज्छ भने नसोचे हुन्छ । खेलाउना बनाउने कुरालाई यो सरकारले सहदैन । अपराध रोकिन्छ । हिंसा रोकिन्छ । महिला हिंसाबारे जागरण ल्याउँछौँ । महिला हिंसा र भ्रष्टारको अन्त्य गर्छौ,’ उहाँले भन्नुभयो, ‘। देशको विकास गर्ने हो भने भ्रष्टाचार अन्त्य गर्नुभपर्छ हामी गर्छौ ।’ उहाँले अनुहार हेरेर होइन नहेरिकन तह लगाउने काम गर्ने पनि चेतावनी दिनुभयो । ‘हाम्रो ध्यान विकास र समृद्धिमा हुन्छ । अरुका कच्चा पदार्थ, खनिज ल्याएर विकास गर्ने जमाना गयो । औपनेविसशक राज्यको जमाना गयो । स्वतन्त्र राष्ट्र सार्वभौमसत्ता राज्यको जमाना आयो । देश र जनताको आवश्यकता अनुसार हामीले काम गर्ने हो,’ उहाँले भन्नुभयो । उहााले राष्ट्रिय एकता कमजोर नपार्ने गरी देश र जनतालाई बलियो पार्ने गरी संविधान संशोधन गर्ने पनि बताउनुभयो । ‘एक ठाउँमा बसेर हामी छलफल गर्छौ । सार्वभौमसत्ता जनतामा निहित छ । गलत ढंगले प्रयोग गर्नेहरुलाई हामी मान्दैनौँ,’ उहााले भन्नुभयो ।
्कार्यक्रमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र आफूबीचमा विरोध ल्याउने काम भैरहेको खुलासा गर्नुभयो । ‘दालमा केही कालो छ,’ उहाँले भन्नुभयो, ‘वातावरण स्थीर बनाउन चाहन्छौ । राष्ट्र अब नयाँ एकतसहित अघि बढ्ने छ ।’
उहाँले जनताको पक्षमा अझ राम्रो काम गर्न जनप्रतिनिधलाई आग्रह गर्दै भन्नुभयो–‘जनता र राष्ट्रको सेवा बाहेक अरु केही छैन । हामीले गठबन्धन गर्ने हामीले एकता गर्ने चर्चा चलेदेखि नै भूकम्प गैरहेको छ । कम्युनिष्टहरु, परिवर्तन चाहनेहरुबीच एकता हुँदा एक खालको भूकम्प गएको छ । सरकारले पूर्णता पाउँदै गर्दा, राष्ट्रपतिको निर्वाचन हुँदै गर्दा झन ठूलो भूकम्प गएको छ ।’
उहाँले कसैले पनि एकता फुटाउन नसक्ने दाबी गर्नुभयो । ‘हामी कताबाट नेपाली जनताका विरुद्ध षडयन्त्र भएका छन् आँखा खोलेर हेर्ने छौँ, हामी कान खोलेर सुन्ने छौँ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।

सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहानाबमोजिम चाँडै पार्टी एकता हुन लागेको बताउनुभयो ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उहाँले भन्नुभयो—“वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम छ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– “अहिले न्यायालय भकभक उम्ली रहेको छ, न्याय पाउँ भन्ने मान्छे तमासा हरेर पुर्पुरोमा हात लाएर बसिरहेका छन्, जिम्मेवार पदका बारेमा जन्म मिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुःखद् अवस्था हो ।”

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधँै तत्पर रहेको प्रष्ट पार्नुभयो ।

सो अवसरमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभाराबमोजिम परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको लडाइँमा आफूहरुले विजय हासिल गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले परिवर्तनकारी मिलेको देख्न नचाहने प्रतिक्रियावादीले विगतका कटुतालाई प्रचार गरेर आफूहरुको एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो ।