यती एअरलाईन्स–तारा एअरले सगरमाथा क्षेत्र सर–सफाईका लागि १०० टन फोहोर एयरलिफ्ट गर्ने

maitrinews


लुक्ला । यती एअरलाईन्स–तारा एयरले खुम्ब्ु पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौँमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर मैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । यो अभियान एअरलाइनको २००८ देखि सुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरण प्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो ।
१७ मार्च, २०१८ मा लुक्ला एयरपोर्टमा एक उद्घाटन कार्यक्रम आयोजना गर्दै, एअरलाइन्सले पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरी सगरमाथा क्षेत्रका विभिन्न सङ्कलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तिनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो ।लगभग ५००० किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो ।
यती एअरलाइन्स–तारा एअरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिकोआफ्नो प्रतिवद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको हो । सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौँ पु¥याइनेछ ।
एसपिसिसिसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण सङ्गठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर सङ्कलनका लागि समन्वयगर्दछन्भने ब्लू वेस्ट टुभ्यालु, काठमाडौँको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकलगर्दछ ।सङ्कलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्म सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेका छन् ।