काठमाडौं ।  सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले  एक हप्ता भित्रमा सरुवा भएको कार्यालयमा नजाने कर्मचारीको नामावली माग गर्दै उनीहरुलाई दण्डित गर्ने बताएका छन् । 

मन्त्री पण्डितले सोमबार ८ बुँदे घोषणा गर्दै सरुवा गरेपछि रमाना नदिने कार्यालय प्रमुखलाई कार्यवाही गरिने समेत बताएका छन् । यसअघि नै सामान्य प्रशासन मन्त्रीका रुपमा उत्कृष्ट कार्य संपादन गरेका उनले नगारिकको सेवालाई धर्म मानेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । 

मन्त्रि पण्डितले सम्पूर्ण कर्मचारीको काज तुरुन्तै फिर्ता गराउने र सरुवा वढुवामा ट्रेड युनियनले चासो लिन नपाउने बताएका छन् । 

यस्ता छन् मन्त्री पण्डितका घोषणा :
 १. एक हप्ता भित्रमा सरुवा भएको कार्यालयमा नजाने कर्मचारीको नामावली मागिएको ।
२. सरुवा गरेपछि रमाना नदिने कार्यालय प्रमुखलाई कार्यवाही गरिने ।
३.ट्रेड युनियनको काम कार्यालय समय भित्र गर्न नपाईने । कार्यालय समयमा ट्रेड युनियनको काम गरेमा कार्यवाही गरिने ।
४. ट्रेड युनियनका पदाधिकारीसंग नीतिनिर्माणमा मात्र प्रशासनले सहयोग लिने ।
५. सरुवा वढुवामा ट्रेड युनियनले चासो लिन नपाउने ।
६. सम्पुर्ण कर्मचारीको काज तुरुन्तै फिर्ता गराउने ।
७. सरुवा भएको कार्यालयमा हाजिर हुन नदिनेलाई दण्डित गरिने ।
८. स्वैच्छिक अवकाश मानसिक रोगी भै काम गर्न नसक्ने र असक्तको लागि मात्र व्यवस्था गरिने ।