पुनेस्थित प्लान्टमा जेसीबीका ग्राहक

maitrinews

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गर्नु भएको थियो ।
पुनेस्थित प्लान्ट बेलायतबाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर हो जहाँ चार सयभन्दा बढी इन्जिनियरले काम गर्छन् । वातावरणमैत्री यो प्लान्टमा जेसीबीका फेब्रिकेसनहरुको पनि उत्पादन गरिन्छ । यहाँ उत्पादन गरिएका मेसिनहरु भारतमा मात्र होइन अन्य ६५ मुलुकमा विक्रीवितरण हुने गर्छ ।
भ्रमणका क्रममा जेसीबीका ग्राहकले कसरी स्टिलबाट मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गर्नु भएको थियो । भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्ट र बेलायतको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताउनु भयो । उहाँहरुले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देशविकासमा सहभागी हुनपाउनुमा गौरव महसुस गरेको पनि बताउनु भयो ।
‘प्लान्टमा कसरी ठूल्ठूला मेसिन उत्पादन गरिन्छ भन्ने हेरेर दंग परेँ । यहाँको प्रविधि देखेर नेपालमा मैले प्रयोग गरेका जेसीबी मेसिनमाथि झन् विश्वास बढेको छ । मलाई खुसी लागेको छ कि मैले जेसीबीलाई रोजेँ । अरुलाई पनि जेसीबीकै मेसिन प्रयोग गर्न म सुझाव दिनेछु,’ जेसीबी २२० एलसी एक्स्ट्रा प्रयोग गर्ने सुदराज जोशीले भन्नुभयो, ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो । यो दुर्लभ मौका दिएकोमा एमएडब्लुलाई धन्यवाद दिन चाहन्छु ।’
जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा विक्रीवितरण हुने गर्छ । हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ ।
एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।