श्वेतपत्र संसदमा पेश, ढुकुटी लगभग रिक्तो अवस्थामा

maitrinews

काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको संक्षेप संसदलाई जानकारी गराएका छन् ।
अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।
देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताए ।

उनले अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक बताउँदै उनले गैरबजेटरी खर्चका नियन्त्रण हुन नसकेको बताए ।
उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजस्व बढ्न नसकेको बताए । ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारण पनि समस्या आएको औंल्याए ।

खतिवडाले राजस्व प्रणाली नतिजामुखी नहुनुले पनि चुनौती थपेको बताए ।

मुलुकको आर्थिक अवस्था
–अन्तराष्ट्रिय परिदृश्यमा नेपालको लगानीको वातारण त्यति उत्साहजनक रहेको छैन ।
–सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारणको प्रयासले अन्तराष्ट्रिय जगतमा नेपालको छवि, वित्तीय प्रणालीको स्थायित्व, अन्तराष्ट्रिय व्यापार विस्तार र लगानीको वातारणलाई प्रभवित गर्दछ ।
–नेपालको अर्थतन्त्रको आकार करिब २५ अर्ब अमेरिकी डलर बराबर छ ।
–नेपाल अति कम विकिसित राष्ट्रहरुले सूचीबाट सन २०२२ सम्म क्रियाशील राष्ट्रमा स्तरउन्नती हुने लक्ष्य लिएको छ ।
–संयुक्त राष्ट्रसंघको आव्हानमा नेपाल सन २०३०सम्म दीगो विकासका १७ लक्ष्य र त्यस अन्तर्गतका १६९ गन्तब्यहरु हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।
–नेपालको अर्थतन्त्रमा दीर्घकालिन संरचनात्मक समस्या र कमजोरी रहेका छन् ।
–अर्थतन्त्रमा लगानीको आधार न्यून छ ।
–सरकारको कुल खर्च बढेको तुलनामा पूजीगत खर्चको आधार सानो रहेको छ ।
–राजश्वले चालू खर्च धान्न सक्ने अवस्था छैन ।
–नेपालको कूल गार्हस्थ्य उत्पादनको आधार वास्तविक भन्दा न्यून आँकलन हुने गरेको अनुमान छ ।
नेपालको आर्थिक बृद्धिदर कम छँदैछ, भएको बृद्धिको पनि न्यायिक वितरण भएको छैन ।
– उत्पादनमुलक क्षेत्रको संकुचनसंगै रोजगारीका अवसरहरु कुण्ठित हुँदै गएका छन् ।
–कुल गार्हस्थ उत्पादनको एक तिहाई अंश ओगट्ने कृषि क्षेत्रमा अझै पनि दुई तिहाई श्रमशक्ति कार्यरत छ ।
–उद्योग क्षेत्र प्रतिष्पर्धी बन्न सकेको छैन ।
–नेपालको वितगत एक दशकको औषत आर्थिक बृद्धिदर ४ प्रतिशत रह्यो ।
नेपालको श्रम बजार बेरोजगारी र सीपयुक्त अभावको बिरोधाभासपूर्ण अवस्थामा छ ।
कमजोर पूर्वाधारका कारणले आर्थिक क्रियाकलापहरु संकुचित छन् ।
–भौतिक पूर्वाधार विकासमा सरकारसंगै निजी क्षेत्रको क्षमता पनि कमजोर छ ।
 
वित्तिय अवस्था
–वितीय सेवाको पहुँच न्यून छ ।
–वित्तीय साधनको उपयोग विवेकपूर्ण तवरले हुन सकेको छैन ।
–बैंकिङ सेवा परम्परागत तवरको छ ।
–वित्तीय सेवा प्रवाह प्रतिष्पर्धी हुन सकेको छैन ।
–बैकिङ क्षेत्रमा ब्याजर निर्धारणमा अस्वस्थ प्रतिष्पर्धा देखिने गरेको छ ।
–लघुबित्त संस्थाहरुको कारोबार बढ्दो क्रममा छ तर संस्थागत स्थायित्व प्रश्न उठ्न थालेको छ ।
–नेपालको पूजी बजार सतही रहुनुको साथै दायरा संकुचित छ ।
–पूँजी बजार कारोबारको मुल्य दर्शाउने नेप्से सूचाङक अस्थिर छ ।
–बीमाको दायरा सीमित र सहरी क्षेत्र केन्द्रित छ ।