प्रधानमन्त्री ओलीद्वारा संसदलाई सम्बोधन गरी भारत भ्रमणबारे जानकारी , भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम गर्दिनँ(लाइभ)

maitrinews

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा मङ्गलबार सम्बोधन गर्नु भएको छ । चैत २३ बाट हुने भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले संसद्लाई जानकारी दिनु भएको हो । संसद् अधिवेशन जारी रहेका बेला राज्यको प्रतिनिधित्व गरेर हुने भ्रमणको जानकारी सदनलाई दिने प्रचलन छ । प्रधानमन्त्रीसँग यसअघि एमालेकै सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीको नेपाल भ्रमणका विषयमा पनि जवाफ माग गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताउनुभयो

आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताउनुभयो । उहाँले भन्नुभयो, मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम गर्दिनँ


आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्न प्रयास गर्ने बताउनुभयो

ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताउनुभयो । उहाँले भन्नुभयो, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’

जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उहाँले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताउनुभयो ।

आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै उहाँले भारतका जायत चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिनुभयो ।