नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी

maitrinews

 

काठमाडौं–   प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको  द्धिपक्षीय भेटवार्तापछि  नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी भएको जारी भएको छ । 
 संयुक्त वक्तब्यमा ओली–मोदीबीच  दुई देशबीचको विविध  पक्षमा समिक्षा हुनुका साथै सरकारी, नीजि क्षेत्र र जनस्तरको सम्बन्धका विषयमा बिचार विमर्श भएको उल्लेख छ । 
यस्तै नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम दिन तथा एेतिहासिक र सांस्कृतिक निकटलाई  थप घनिष्ट बनाउन निममित रुपमा उच्चस्तरीय राजनीतिक  आदानप्रदानलाई निरन्तरता दिन  दुई देशका प्रधानमन्त्री सहमत भएका छन् । 
प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई थप उचाईमा पुर्याउन आफू नेतृत्वको सरकारले निकै महत्व दिएको बताउँदै  नेपालको विकास र समृद्धिको लागि भारतसँग द्धिपक्षीय सम्बन्ध  विस्तार गर्न चाहेको बताएका थिए । जवाफमा मोदीले नेपाललाई हरप्रकारको सहयोग गर्न  भारत तयार रहेको बताएका छन् । 

भारतले अपनाउँदै आएको ‘सवका साथ  सवका विकास’ अवधारणा नेपालको विकास र समृद्धिको लागि मार्गदर्शक बन्न सक्ने मोदीले विश्वास लिएका थिए भने  ओलीले पनि आर्थिक विकासका लागि आफ्नो  सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाल’ को नारा अबलम्बन गरेको बताएको संयुक्त वक्तब्यमा उल्लेख छ । 
संयुक्त वक्तब्यमा भारतीय प्रधानमन्त्री मोदीले सफलतापूर्वक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिँदै अब नेपाल सरकारको भिजनअनुसार  नेपाल स्थायित्व र विकसको निशामा अग्रसर हुने विश्वास व्यक्त गरेको उल्लेख छ  । 
दुबै प्रधानमन्त्रीले वीरगन्जस्थित एकीकृत चेकपोस्टको उद्घाटन गर्नुका साथै मोतिहारी–अमलेखजन्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको पनि संयुक्त वक्तब्यमा उल्लेख छ । 

दुबै प्रधानमन्त्री  सम्झौताहरुको सीघ्र कार्यान्वयमा पनि सहमति भएका छन्  । 

यस्तै कृषिमा दुई पक्षीय सहयोग आदान–प्रदान, रक्सौल–काठमाडौं रेलमार्ग निर्माण र अन्तरदेशीय जलमार्गका सम्बन्धमा पनि दुई देशबीच महत्वपूर्ण समझदारी भएको छ । 

विज्ञप्तिमा  प्रधानमन्त्री ओलीले भारतमा उच्चमा सम्मान  पाएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा मोदीलाई नेपाल भ्रमणमा आउन निम्ता दिएको पनि वक्तब्यमा उल्लेख छ । जवाफमा मोदीले ओलीको निमन्त्रण स्वीकार गर्दै कुटनीतिक च्यानलबाट  भ्रमण मिति तय गर्ने पनि समझदारी भएको वक्तब्यमा उल्लेख छ । 
ओली तीन दिने राजकीय भ्रमणका क्रममा शुक्रबार भारत प्रस्थान गरेका थिए । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ  ।