यती एयरलाइन्सको चक्का लक,पोखरा विमानस्थल बन्द

maitrinews

पोखरा ।  काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाजको पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएपछि धावन मार्गमै रोकिएको छ ।

२८ यात्रु बोकी पोखरा पुगेको उक्त जहाज पांग्रा लक भएर धावनमार्गमा अड्किएपछि पोखरा विमानस्थल अहिलेलाई बन्द गरिएको छ। सबै यात्रुसहित चालक दलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ।

पोखरा विमानस्थलमा रहेका प्राविधिकको टोलीले विमान मर्मतको प्रयास गरिरहेका छन्।

चैत ४ गते पनि यतीकै विमानको भैरहवा विमानस्थलमा अवतरणको क्रममा पांग्रा लक भएर धावनमार्गमै रोकिएको थियो।