बैशाख ९ गते नै एमाले र माओवादीबीच एकता हुन्छ

maitrinews

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको छ । पार्टी स्थापना दिवसको दिन बैशाख ९ गते (अप्रिल २२) दुुवै पार्टीबीच गर्न दुवै पार्टीकातर्फबाट गृहकार्य भइरहेको छ । दुवै पार्टीका शीर्ष नेता नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकतालागि प्रतिबद्ध हुनु भएकाले अब कुनै पनि शक्तिले एकता रोक्न सक्दैन । 

दुई पार्टीबीच एकता नहोस् भन्ने शाक्ति र समूहले भने विभिन्न कोणबाट एकताको विरोध गरेका छन् । ओली र प्रचण्ड विभिन्न कार्यक्रममा व्यस्त हुनु भएकाले पार्टी एकता संयोजन समितिको बैठक बस्न नसक्दा अब एकता नै भाँडिन्छ भन्ने खालमा समाचार पनि केही मिडियाबाट बाहिर आएको छ । यसले केही आशंका पनि उब्जाएको छ । तर दुवै नेताले पार्टी एकतामा कुनै शंका नगर्न आह्वान गर्नुभएको छ ।  उहाँहरुले सम्बोधन गर्नु भएका कार्यक्रममा दुवै जनाले पार्टी एकतालाई नै जोड दिनुभएको छ । 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको एजेण्डा विकास र समृद्धिभन्दा बाहेक अर्को नभएको बताउनुभएको छ । 

माडीले नगरपालिकाले विहान आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अब हामीले पनि गर्न सकिएन भने कसले गर्छ रु न त धरतीबाट कोही उम्रन्छ, नत आकाशबाट कोही झर्छ ।’

जनताको ठूलाठूला आशा र अपेक्षा सम्वोधन गर्नुपर्ने दायित्व सरकारको रहेकाले भन्दै अध्यक्ष प्रचण्डले सरकार असफल हुँदा देश असफलतामा जाने र प्राप्त उपलब्धीहरु गुम्ने बताउनुभयो । 

पार्टी एकता प्रकृया छिटो टुंगिएर सरकार पनि दुई तिहाइको बनाउनेतर्फ अघि बढेको अध्यक्ष प्रचण्डको भनाइ छ । मधेसवादी दलको एक घटक सैद्धान्तिक र राजनीतिकरुपमा सत्तामा आउने तयारी भएपनि प्राविधिक केही विषय मिलाउन बाँकी रहेकाले त्यसलाई पनि टुंगाएर दुई तिहाइ पुर्‍याउने दावी प्रचण्डले गर्नुभयो  ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको रारा तालबाट गर्नुहुने भएको छ ।  । उहाँले शनिबार वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन  गर्नुहुने भएको हो । 

रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारा  जानुभएको छ । उहाँ शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान  गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।

शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।उहाँले त्यहाँबाट विद्यालय भर्ना अभियानको सुरुआत पनि  गर्नुहुनेछ । त्यहाँबाट सम्बोधन गर्ने क्रममा पनि ओलीले पार्टी एकतालाई नै जोड दिनुहुने बताइएको छ ।