सिराहामा दलित बालिकाको शैक्षिक अभिभावकत्व लिँदै प्रधानमन्त्री

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज रामदुलारी माध्यमिक बिद्यालय कल्याणपुर ११ सिराहाकी एक दलित वालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
त्यसका लागि प्रधानमन्त्री ओली अहिले १०।३० बजे उक्त बिद्यालय पुग्नुभएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्रीले अभिभावकत्व लिनुभएकी वालिका पाँच बर्षकी मनिषाकुमारी मल्लिक डोम हुन् ।

मनिषा अति विपन्न इन्दर मल्लिक डोम र कालोदेबी डुम्नीकी छोरी हुन् । साक्षरता प्रतिशत कम भएको सिराहा जिल्लामा पनि दलित समुदाय शिक्षामा सबैभन्दा पछाडि परेको छ ।

शिक्षालाई राज्यले नै आधारभूत मानवअधिकार रुपमा अघि बढाउँदै अति विपन्न र कमजोर बिद्यार्थीको अभिभावकत्व लिने निर्णय सरकारले गरेको हो । त्यसको आरम्भ प्रधानमन्त्री ओलीले मुगुको राराबाट नयाँ बर्षको दिन वैशाख १ गतेबाट गर्नुभएको हो ।