मालिन्दो विमानका कारण अवरुद्ध विमानस्थल १२ घन्टापछि सुचारु

 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ ।
लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण सुरु भएको छ।

‘हामीले फसेको विमानलाई तान्यौं । अब हेलिकोप्टोरको उडान अवतरण हुने क्षेत्रतर्फ लैजाँदैछौं,’ उहाँले भन्नुभयो ।

विमानस्थल प्रमुख क्षेत्रीका अनुसार विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।