भारतीय प्रधानमन्त्री मोदी बैशाख २८ गते नेपाल आउनुहुने

maitrinews

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ मै दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आउनुहुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै तिथिलाई सोमबार बिहान अनुमोदन गरेपछि उहाँ सोही दिन नेपाल आउने निश्चित भएको हो। उहाँ आफ्नो कार्यकालमा तेस्रोपटक नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

नेपालले समान हैसियतको विषय उठाउँदै आए पनि भारतीय पक्षले आफू खशी तय गरेको तिथिलाई भने नकार्न सकेन।

‘कर्नाटक निर्वाचनको मौन अवधिमा मोदीले नेपाल भ्रमण गर्ने चाँजो मिलाएका थिए। त्यसलाई नेपालले स्विकार गरेको छ,’ प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको बेइजिङ यात्रा अब पछाडि धकेलिएको छ। यद्यपी प्रधानमन्त्री बेइजिङ जाने यकिन तिथि भने तय भइसकेको छैन।’
छिमेकीलाई चित्त नदुखाउने नीति लिएको भन्दै प्रम ओलीले त्यही तिथिलाई स्विकार गरेको पनि बताइएको छ। भूगोलले सानोठूलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएको बताउँदै आएका प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति पनि भारतीय विदेश मन्त्रालयले नै तोकेको दिन भएको थियो भने मोदी पनि आफ्नै खुशीले मिति तोकेर नेपाल आउन लाग्नुभएको हो ।