जनता बैंकद्वारा निःसहाय सहयोग परिषदलाई सहयोग हस्तान्तरण


काठमाडौं । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई १ लाख सहयोग हस्तान्तरण गरिएको छ । सो सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरे । धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिपविकासमा कार्य गर्दै आएको छ ।
जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यकाअतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिक कार्यहरु गर्दै जाने कार्यक्रम रहेको बैंकले जनाएको छ ।