बुद्धको विश्व भ्रातृत्वको भावनालाई सबैले आत्मसात गर्न सकौं : प्रधानमन्त्री

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

२५६२ औं बुद्धजयन्तीको अवसरमा सन्देश दिंदै उहाँले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताउनुभएको छ ।

‘‘शान्तिका अग्रदुत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामीले गर्व गर्न सक्छौं । बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतिक हुन् ।’’

प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दे सबैलाई मिलेर अगाढि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा सहभागी हुनुभएको छ । 
लुम्बिनीबाट शुरु भएको शान्ति ¥यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी हुनुभएको थियो । ¥यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी हुनुहुन्थ्यो । 

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गर्नुभएको थियो ।