काभ्रेमा वैकल्पिक विमानस्थलबारे अध्ययन सुरु

maitrinews

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक चाप घटाउन आन्तरिक विमानस्थल निर्माणका निम्ति काभ्रेपलान्चोक जिल्लाका विभिन्न तीन स्थानमा पुन अध्ययन थालिएको सरकारले बताएको छ।

मंगलवार उक्त स्थानहरुको अवलोकन गर्न पुगेका पर्यटन मन्त्रीले २ हप्ताभित्र निर्माणस्थलबारे निर्णय गरिने र निर्माण प्रक्रिया अगाडि बढाउने बताएका छन्।

वैकल्पिक विमानस्थल बनाउन सके देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको चाप २० प्रतिशत सम्म घट्न सक्ने सरकारको अनुमान छ।

बनेपाको नागीडाँडा तथा धुलिखेलका दुई स्थानहरु ठुलीचौर र चिसापानी ठूलीचौरमध्ये एक स्थानमा आन्तरिक विमानस्थल निर्माण गर्न सरकारले अध्ययन थालेको हो।

मंगलवार सम्भावित क्षेत्रको अवलोकन गर्न पुगेका पर्यटन मन्त्रीले १५ दिनभित्र उपयुक्त एक स्थानबारे निर्णय गरिसक्ने बताएका छन्।