नेपाली कृषि र मे दिवस—छविलाल पोखरेल

maitrinews


कुनै पनि देशको समतुल्य विकासको लागि त्यस देशमा भूबनोट अनुसारको कृषि प्रणालीको विकास गर्नुपर्ने हुन्छ । लगातार ओरालोतिर लागेको नेपाली कृषिजन्य उत्पादन परम्परागत हुनु र यसमा युवाहरुको अभिरुची नहुनु नै प्रमुख कारण हो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरंजन भन्ने मे दिवसको प्रमुख नारा भए पनि नेपाली कृषक बिहान चार बजे उठेर गाइबस्थुलाई खोले बनाउन देखि सुरु गरेको दिनभर पटुका कसेर खेतबारीमा व्यस्थ हुन्छन अनि बेलुका मात्र घरमा फर्किन्छन र पनि आफ्नो गर्जो टार्न सकिरहेका छैनन । कुनै बेला धातुजन्य उत्पादन गरि भारत र तिब्बत सम्म निर्यात गर्ने हाम्रा पुर्बजहरु अहिले आयर हाम्रो पाला कोपिका डल्ला समेत विदेश बाट आयात गर्छौ ।
निर्बाहमुखी कृषि प्रणाली र गर्जो टार्ने कसरि भने उदेश्य बोकेर कृषि पेशामा आवध भएका कारणले गर्दा देशको यो अवस्था आएको हो । आझ सुगौली सन्धि पछि हाम्रो नेपाल त बनायौ तर राम्रो नेपाल बनाउन सकेनौ यस सन्धि पछी झन् परनिर्भरता अर्थतंत्रमा प्रदेश गरौ । यानिकी हाम्रो जस्तो चिसो हावापानी भएको मुलुकले ९० ५ कागतीको आयात गर्छ बार्षिक जबकी देशका ७७ जिल्लामा कागती उत्पदन हुने लेटेराइट माटो पाइन्छ त्यसमध्ये हावापानीका दृष्टिकोणले अर्घाखाँची र धनकुटा जिल्ला प्रमुख हुन् िहाम्रो नेपालमा पोल्टी फर्म बाट देश आत्मनिर्भर हुदैछ भन्ने हल्ला पाए बडफ्लुको हल्ला फिजाइन्छ र खानाहुने कुखुरालाई खाल्डोमा हालिन्छ ।

नेपालमा धेरै पटक हतियार उठे कहिले राणा भन्दै, कहिले पन्च भन्दै त कहिले राजा भन्दै तर ठुल्ठुला आन्दोलन उर्ले सडक जले क्रान्ति भए तर कृषिक्रान्ति बारे केहि भएको सुनिएको छैन । नेताजीले भाषाड गुलिया गरे तर जनता उतै भुलिय भए । कृषि बारे आयोग, प्रतिबेदन कतिबने महल भित्र र ति नीति तथा कार्यक्रम महल भित्रको दराजमा सिमित भए गाँउ(गाँउ कहिले पुगेनन । आखिर बिरालोको घाटीमा कसले घन्टी बाँध्ने भने जस्तै कसैले गाउँ गएर काम गरेनन । कृषिमा आफ्नो हात नगरे सम्म सफल हुन सकिदैन, एक जनाले गर्न नसके हात हात समुहको साथ गर्नु पर्ने हुन्छ ।
अहिले नयाँ संबिधान लागु भइसकेको अवस्थामा भुमि सुधार नीति लागु गर्ने कसले, कँहा बाट सुरु गर्ने, कसले गर्ने भन्ने बारे अघि सर्न कोहि तयार देखिदैनन् । बिदेशमा गएर जे पनि काम गर्न तयार हुने, तीसरपैतिस हजारमा काम गर्न जाने तर यहा बसेर काम गर्दा सानो भइन्छ, आर्थिक अवस्था राम्रो हुदैन यति सम्मकी हाम्रो समाजमा गाउँमा कृषि गरेर बसेकाछन भने थाहा पाए केटि समेत नदेने सम्मको अज्ञानताले जेलिएको छ, त्यति मात्र हैन बरु सहरमा बस्छ दुई नम्बरी काम गर्नेलाई ठुलो ठान्छन । विदेश गएर केहि काम सिकेर गाउँमा केहि गर्ने भनेर बाख्रा, पोल्टी, फर्म, खोलेका थिए आज भन्दा ४र५ वर्ष अगाडी तर धरै कारणले गर्दा लगभग सबै तट पल्टी सके । मुख्यतय यी कारणहरुले गर्दा नेपाल कृषिमा आत्मनिर्भर हुन सकेको छैन ः

ड्ड निर्बाहमुखी कृषि प्रणाली
ड्ड भूबनोटको आध्ययन नगरी कृषि गर्नु
ड्ड सामाजिक चेतनाको कमि
ड्ड गरिबले मात्र कृषि गर्नु पर्छ भने धारणा
ड्ड आधुनिक बिउं विजन र भिजन नभएको सरकार
ड्ड कृषि बिनाको राम्रो व्यबस्था नहुनु
ड्ड बन्यजन्तुको आक्रमण र कृषिमा क्षतिपूर्ति बारे नीति नहुनु बाँदर आतंक
ड्ड एक घरको रुखको तप्केनी डाहा अर्को घरको कृषि भूमिमा
ड्ड आफ्नो उत्पादन, आफ्नै बजार र आफ्नै ग्राहक नीति नहुनु
ड्ड देशको उत्पादन नहेरेर विदेश जीनेसको आयात
ड्ड माटो अनुरुपको मल तथा भूबनोट हेरी जलको व्यबस्था गर्न नसक्नु

माथिका कराणहरु उल्टाउन सकेको खण्डमा देशको अवस्था माथि जानेछ । युवाहरु लाई स्वदेशमा टिक्न सक्ने व्यवस्था सरकारले गर्नु, रगत बगाएनी देशमै बगाउनु पर्छ भन्ने चेतना आउनु आबश्यकछ । अरुलाई माफिया, बिचौलिया, दलाल भन्नु भन्दा आफ्नै कृषि आफ्नै व्यापार र आफ्नै ग्राहक नीति लिएर अगाडी बढ्ने हो भने हाम्रो पलानै समुन्नत, हराभरा नयाँ नेपाल देख्न रहर पुरा हुनेछ ।