दशकभित्रै समृद्धि र सम्मानित मुलुक

maitrinews


काठमाडौँ । सरकारले एक दशकभित्रै समृद्धिसहितको सम्मानित अवस्थामा देशलाई र्पुयाउने प्रतिबद्धता जाहेर गरेको छ ।
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले दश वर्ष्भित्रै अन्तर्रा्ष्ट्रिय तहमा सम्मानित बनाउने घोषणा गरेको हो।
सरकारले बुद्ध र सगरमाथाले चिनिने मुलुकलाई समृद्ध मुलुकको रुपमा सम्मानित बनाइने उल्लेख गरेको हो।
सरकारले कुनै बहानामा सरकारी काममाजोरजुलुम र अराजकता स्विकार नहुने बताएको छ। यसैगरि सरकारले नीति तथा कार्यक्रममा जनता सामू लोकप्रिय हुनजनताको काम गरेर हासिल गर्ने बताएको छ।
सरकारले आउँदो वर्षमा आर्थिक बृद्धि दोहोरो अंक नजिक र्पुयाउने र ५ वर्ष भित्र दोहोरो अंकमा र्पुयाउने लक्ष्य राखेको छ।
सरकारले आगामी १० वर्षमा नेपाल र नेपालीलाई ’समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य लिएर अघि बढेको जनाएको छ। सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा एक दशक भित्र नेपाललाई मध्य आय भएको देशको रुपमा चिनाउने लक्ष्य लिएको छ।
मुख्य सहरलाई हरित सहरको रुपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।